रास्वपा पर्सामा दिनानुदिन जनलहर बढदै , घन्टीलाई नै जिताउने स्थानियको भनाई सहित उमेदवार हरि पन्तको भब्य स्वागत

Date:

पर्सा पोस्ट, माघ २२ गते, बिरगञ्ज।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तलाई बिरगञ्ज भन्सार एरियाका स्थानीयवासीहरूले भव्य स्वागत गरेका छन्।

आज रास्वपाद्वारा भन्सार एरियामा आयोजित घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार पन्तलाई स्थानीय नागरिकहरूले उत्साहपूर्वक स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा स्थानीय बिरगञ्ज भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष विजय साहले रास्वपाले मात्र देशमा आमूल परिवर्तन ल्याई मुलुकलाई सुशासन र समृद्धिको यात्रातर्फ अघि बढाउन सक्ने विश्वास व्यक्त गर्दै आफूहरू निस्वार्थ रूपमा रास्वपालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

घरदैलो कार्यक्रमअघि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले विगत ३५ वर्षदेखि शासन गर्दै आएका पुराना दलका उम्मेदवारहरूलाई मत माग्न आउँदा “के गरे र अब जितेपछि के गर्नुहुन्छ ?” भनेर प्रश्न गर्न आम मतदातालाई आग्रह गरे। उनले फेरि पनि पुराना दललाई मत दिएर जेन्जी आन्दोलनको उपहास नगर्न समेत मतदातासँग अनुरोध गरे।

घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य, सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए।

उक्त कार्यक्रममा रास्वपा पर्साका नेता–कार्यकर्ता, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...