बिरगंजमा मदिरा तथा सुर्तीजन्य पदार्थको सार्वजनिक बिज्ञापन खुलेयाम , नियामक निकाय मौन

Date:

पर्सा पोस्ट, माघ १९ गते, बिरगंज ।
बिरगंज महानगरपालिकाभित्र सुर्तीजन्य तथा मदिराजन्य पदार्थको सार्वजनिक स्थानमा खुलेआम विज्ञापन भइरहेको पाइएको छ । होर्डिङ बोर्ड तथा डिजिटल डिस्प्ले मार्फत रक्सी र बियरका विज्ञापन निरन्तर प्रसारण भइरहे पनि सम्बन्धित नियामक निकाय भने मौन देखिएको छ ।

बिरगंजको आदर्शनगरबाट गीता मन्दिरतर्फ जाने बाटोमा रहेको घडिअर्वा पोखरीको मुख्य पर्खालमा जडान गरिएको डिजिटल डिस्प्लेमा होटल भिस्वाको रक्सी तथा बियरको विज्ञापन बजिरहेको छ । सार्वजनिक स्थानमै यसरी मदिराजन्य पदार्थको विज्ञापन हुनु कानुन विपरीत भए पनि महानगरपालिकाले कारबाही गर्नुको साटो सो विज्ञापनबाट कर असुलीमा मात्र केन्द्रित भएको आम उपभोक्ताहरूको गुनासो छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले विज्ञापन नियमन ऐनअनुसार मदिराजन्य तथा सुर्तीजन्य पदार्थको सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, डिजिटल डिस्प्ले लगायतका माध्यमबाट विज्ञापन, प्रकाशन तथा प्रसारण गर्न निषेध गरिएको स्पष्ट पारे ।

उनका अनुसार संस्थाले करिब ८–९ दिन अघि नै होटल भिस्वाका म्यानेजर प्रशान्त जीलाई उक्त रक्सी तथा बियरको विज्ञापन हटाउन आग्रह गर्दै फोटो र भिडियोसहित जानकारी गराएको थियो । तर यतिका दिन बितिसक्दा पनि विज्ञापन नहटाइएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई समेत प्रमाणसहित जानकारी गराइएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी दाहालले तत्कालै पर्साका प्रहरी प्रमुखलाई उक्त विज्ञापन हटाउन निर्देशन दिएको भए पनि समाचार तयार पार्दासम्म सो विज्ञापन हटाइएको छैन । यसले प्रशासनिक निर्देशनको कार्यान्वयन नहुनुका साथै जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको स्थानीयवासी तथा आम नागरिकको भनाइ छ ।

कानुन विपरीत भइरहेको यस्तो खुला विज्ञापनप्रति सम्बन्धित निकायले कहिले प्रभावकारी कदम चाल्ने हुन् भन्ने विषयमा अहिले सर्वसाधारणको चासो बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...