प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल मुस्लिम संघ पर्साको चुनावी भेला सम्पन्न , रुङ्गटालाई बिजयी बनाउने प्रतिबद्धता व्यक्त

Date:

पर्सा पोस्ट, माघ १३ गते , बिरगंज , पर्सा ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल मुस्लिम संघ पर्साले चुनावी भेला सम्पन्न गरेको छ। पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटालाई विजयी गराउने उद्देश्यले उक्त भेला आयोजना गरिएको हो।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका जिल्ला सचिव इम्तियाज आलमले पर्सा क्षेत्र नं. १ बाट कांग्रेस उम्मेदवार अनिल कुमार रुंगटालाई विजयी गराउन सम्पूर्ण मुस्लिम समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले अनिल कुमार रुंगटाको जीत भनेको क्षेत्र नं. १ का सम्पूर्ण बासिन्दाको जीत भएको उल्लेख गर्दै उहाँ विकासप्रति प्रतिबद्ध तथा विश्वासयोग्य उम्मेदवार भएको बताए।

त्यसैगरी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले प्रतिनिधिसभा निर्वाचनमा मुस्लिम समुदायको भूमिका निर्णायक हुने उल्लेख गर्दै अनिल रुंगटाको जीतले क्षेत्र नं. १ का नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल कुमार रुंगटाले क्षेत्रको विकासका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले यस क्षेत्रका समस्या आफ्नै समस्या भएको उल्लेख गर्दै ती समाधानका लागि सम्बन्धित निकायमा सशक्त आवाज उठाउने बताए। साथै, जनताको अधिकारका लागि संसदमा आवाज बनेर बोल्ने र आवश्यक परे जनतासँग काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

भेलामा सहभागी जनसमुदायले एक स्वरमा अनिल कुमार रुंगटालाई विजयी बनाउने नारा लगाएका थिए। स्थानीय सहभागीहरूले आफ्नो मत नेपाली कांग्रेसलाई दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

कार्यक्रममा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल कुमार रुंगटा, उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रीय सभापति महमद सहाबोदिन लगायत मुस्लिम समुदायका अगुवा कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।

भेला नेपाल मुस्लिम संघ पर्साका जिल्ला अध्यक्ष हबिब मियाको अध्यक्षतामा सम्पन्न भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...