नेपाल महिला संघ पर्साद्वारा महत्त्वपूर्ण बैठक सम्पन्न , महिला सशक्तीकरण र पार्टी रणनीतिमा केन्द्रित छलफल

Date:

पर्सा पोस्ट , माघ १४ गते , बिरगंज ।  नेपाल महिला संघ पर्साकी सभापति किरण शर्माको अध्यक्षतामा आज पर्सामा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

बैठकमा महिलाको संगठनात्मक सशक्तीकरण, पार्टीको आगामी रणनीति तथा स्थानीय तहमा महिला सहभागितालाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित रही व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवान, पार्टी सचिव इम्तियाज आलम, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, अतिथिहरू अनिल सिंह र प्रकाश उपाध्याय तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकारलगायत पार्टीका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानले महिलाहरू नेपाली कांग्रेसको मेरुदण्ड भएको उल्लेख गर्दै पार्टी निर्माणमा नेपाल महिला संघले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। उहाँले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको संरक्षणका लागि महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै आगामी दिनमा महिला संघलाई अझ संगठित, सशक्त र क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ताले पार्टी संगठन विस्तारमा महिला संघको योगदान उल्लेखनीय रहेको बताउनुभयो। उहाँले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका नीति, सिद्धान्त र विचार जनतामाझ पुर्‍याउन महिला संघले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै आगामी निर्वाचनमा एकताबद्ध भएर उम्मेदवार अनिल रुङटालाई विजयी बनाउन सबै कार्यकर्तालाई आह्वान गर्नुभयो।

प्रमुख अतिथि तथा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटाले महिला संघको सशक्त भूमिकाले मात्र पार्टीलाई निर्वाचनमा सफलता दिलाउन सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले महिलाको हक–अधिकार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउँदै जनताको विश्वास जित्ने गरी उत्तरदायी राजनीति गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

बैठक सभापति किरण शर्माको धन्यवाद ज्ञापनसहित सम्पन्न भएको थियो। बैठकले आगामी दिनमा नेपाल महिला संघलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै पार्टी संगठनलाई थप मजबुत बनाउने निर्णय समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...