वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायद्वारा श्री नेपाल आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो स्वेटर वितरण

Date:

पर्सा पोस्ट, माघ ६ गते, वीरगञ्ज।

वरिष्ठ समाजसेवी तथा विद्वान अधिवक्ता प्रकाश कुमार उपाध्यायद्वारा वीरगञ्ज महानगरपालिका–१६ नगवामा अवस्थित श्री नेपाल आधारभूत विद्यालय (शुक्रराज) मा अध्ययनरत विद्यार्थीहरूलाई आज एक विशेष कार्यक्रमबीच न्यानो स्वेटर वितरण गरिएको छ।

अधिवक्ता उपाध्यायको विशेष अग्रसरतामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी तथा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान की अध्यक्ष मुना खनाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लाल बाबु सिंह, समाजसेवी प्रदीप अग्रवाल, श्रवण रायमाझी, बब्लु श्रीवास्तव लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष संजय महतो, पूर्व अध्यक्ष ताराचन्द्र पण्डित, सहायक शिक्षक सत्रुधन कुमार मिश्र, धर्मराज जोशी, सपना यादव, बाल विकास शिक्षक रूविता कुमारी गुप्ता, रञ्जना कुमारी दास, कार्यालय सहयोगी योगानन्द पाण्डे लगायत शिक्षक तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायले शिक्षा क्षेत्रको विकासका लागि समाजका सबै तहबाट सहयोगी हातहरू अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले समाजका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सबैले इमान्दार प्रयास गर्नुपर्ने बताउनुभयो।

सहिद शुक्रराजको नाममा स्थापित उक्त विद्यालयमा आफूले बाल्यकालमा अध्ययन गरेको स्मरण गर्दै सानो सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो। साथै, यो सहयोग केवल सुरुवात मात्र भएको र आगामी दिनमा पनि विद्यालयसँग सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित सबैप्रति विद्यालयका सहायक शिक्षक सत्रुधन कुमार पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समाजसेवी लाल बाबु सिंहले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...