डि. ए. भि. केडिया स्मृति अन्तर – विद्यालय फुटबल प्रतियोगिताको सोमबार भएको तेस्रो दिनको खेलमा मोर्डन स्कुल , लिटिल फ्लावर बिजयी

Date:

पर्सा पोस्ट , माघ ०५ गते , वीरगञ्ज ।

डि.ए.भी. केडिया स्कूलद्वारा सञ्चालित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” अन्तर्गत आज सोमबार प्रतियोगिताको तेस्रो दिनका खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन्। तेस्रो दिनका खेलहरूमा सहभागी विद्यालयहरूले उत्साहजनक तथा प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका थिए।

आज सम्पन्न पहिलो खेलमा मोडर्न स्कूल, परवानीपुरले क्याम्ब्रिज स्कूल, रक्सौललाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित हात पारेको छ। खेलको सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको मोडर्न स्कूलले सम्पूर्ण खेल अवधिभर दबाब कायम राख्दै सहज जित दर्ता गर्‍यो। उक्त खेलमा मोडर्न स्कूलका सोहेल मियाँले ह्याट्रिक गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि उनी ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यसैगरी तेस्रो दिनकै दोस्रो खेलमा लिटल फ्लावर स्कूलले कादम्बरी स्कूललाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। खेलभरि उत्कृष्ट समन्वय, अनुशासन र रणनीतिक खेल प्रस्तुत गरेको लिटल फ्लावर स्कूलको जितमा साभियो घलेको महत्वपूर्ण भूमिका रहेको थियो। उत्कृष्ट प्रदर्शनका कारण साभियो घले ‘म्यान अफ द म्याच’ घोषित भए।

  • प्रतियोगितामा सहभागी विद्यालयहरूबीच उच्च प्रतिस्पर्धा देखिएको डि.ए.भी. केडिया स्कूलका प्रिन्सिपल राकेश मिश्राले जानकारी दिनुभयो। उहाँका अनुसार यस प्रकारका खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता तथा आपसी सद्भाव विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजक पक्षले लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...