सास्कृतिक तथा खेलकुद गतिविधिमा नवदिप एकेडेमीलाई नमूना शैक्षिक सस्थाको रुपमा चिनिन्छ

Date:

पर्सा पोस्ट, माघ ०३ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित नवदिप एकेडेमी स्कुलको १३औँ वार्षिक उत्सवको अवसरमा आज विविध सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रम उत्साहपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रम नवदिप एकेडेमी स्कुलकी सञ्चालिका तथा प्रिन्सिपल सुशीला शाहको सभापतित्व तथा प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले वार्षिक उत्सवका अवसरमा आज र भोलि आयोजना गरिएका सांस्कृतिक तथा खेलकुद गतिविधिले नवदिप एकेडेमीलाई एक नमुना शैक्षिक संस्थाका रूपमा प्रस्तुत गरेको बताउनुभयो। उहाँले विद्यालयले पठनपाठनसँगै खेलकुद, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापहरूमा समेत उल्लेखनीय प्रगति गर्दै आएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार वर्षभरि सञ्चालन गरिने शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिहरूको प्रतिफल वार्षिक उत्सवमार्फत अभिभावकहरूले प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले आफ्ना बालबालिका कस्तो वातावरणमा अध्ययन गरिरहेका छन् भन्ने बुझ्न सहज हुने गर्दछ।

कार्यक्रममा प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामाले अभिभावकहरूलाई बालबालिकाको अत्यधिक मोबाइल प्रयोगप्रति सचेत रहन आग्रह गर्नुभयो। उहाँले मोबाइलको बढी प्रयोगले विद्यार्थीको अध्ययन, अनुशासन तथा मानसिक विकासमा नकारात्मक असर पार्ने भन्दै सन्तुलित र नियन्त्रित प्रयोगमा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रममा प्याप्सन जिल्ला सदस्य मञ्जु रानाभाट, लायन्स क्लबका बासु तिमल्सिना, श्याम गुप्ता तथा जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राईलगायत वक्ताहरूले विद्यालयको शैक्षिक वातावरण, अनुशासन तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा नवदिप एकेडेमीले खेलेको भूमिकाको प्रशंसा गर्दै आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो।

उत्सवका अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य, गीत, सांस्कृतिक झाँकी तथा विभिन्न रचनात्मक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित अभिभावक तथा दर्शकहरूको मन जितेका थिए। कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र अनुशासन स्पष्ट रूपमा झल्किएको देखिन्थ्यो।
कार्यक्रमको सहजीकरण नयाँ अग्रवाल र सौरुपा पौडेलले संयुक्त रूपमा गर्नुभएको थियो।

समग्रमा, १३औँ वार्षिक उत्सवले नवदिप एकेडेमी स्कुलको शैक्षिक गुणस्तर, अनुशासन तथा बहुआयामिक विकासलाई उजागर गरेको सहभागी अभिभावक तथा अतिथिहरूको प्रतिक्रिया रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...