आरएसएस शताब्दी वर्षको अवसरमा रक्सौलमा आयोजना हुने हिन्दू सम्मेलन सफल बनाउन स्वयंसेवकहरुको विशेष बैठक सम्पन्न

Date:

पर्सा पोस्ट , माघ ०३ गते , रक्सौल ।
राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को शताब्दी वर्षको अवसरमा आयोजना हुन गइरहेको हिन्दू सम्मेलनलाई सफल बनाउने उद्देश्यले आज शनिबार रक्सौलस्थित पुरानी पोखरा नजिकको जगदीश कम्प्लेक्समा आरएसएस रक्सौल अन्तर्गत शिवाजी बस्तीका सबै स्वयंसेवकहरूको विशेष बैठक सम्पन्न भएको छ।

बैठकको अध्यक्षता जिल्ला सेवा प्रमुख विकास कुमारले गर्नुभएको थियो। बैठकलाई सम्बोधन गर्दै उहाँले विश्वकै सबैभन्दा ठूलो सामाजिक तथा सांस्कृतिक संगठन राष्ट्रिय स्वयंसेवक संघको स्थापना भएको १०० वर्ष पूरा भएको अवसरमा देशभर विविध कार्यक्रमहरू आयोजना भइरहेको जानकारी दिनुभयो। सोही क्रममा रक्सौलमा कार्यरत सबै १० वटा बस्तीहरूको सहभागितामा विराट हिन्दू सम्मेलन आयोजना गर्न लागिएको उहाँले बताउनुभयो।

हिन्दू सम्मेलनलाई व्यवस्थित र सफल बनाउन शिवाजी बस्तीका स्वयंसेवकहरूको एक समिति गठन गर्दै जिम्मेवारी तोकिएको छ। गठित समितिमा रजनीश प्रियदर्शी अध्यक्ष, सुरेश कुमार गुप्ता (बाबा) उपाध्यक्ष, धीरज कुमार सचिव, सनोज कुमार सहसचिव, हेमन्त वर्णवाल कोषाध्यक्ष तथा विवेक कुमार सह–कोषाध्यक्ष चयन भएका छन्।

जिल्ला सेवा प्रमुख विकास कुमारले संघको शताब्दी वर्षको अवसरमा सातवटा मुख्य कार्यक्रमको रूपरेखा तयार गरिएको र हिन्दू सम्मेलन ती कार्यक्रमहरूमध्ये एक महत्वपूर्ण अङ्ग रहेको बताउनुभयो। उहाँका अनुसार सम्मेलनको मुख्य उद्देश्य सामाजिक समरसता कायम गर्नु, सांस्कृतिक चेतनाको विकास गर्नु, हिन्दू समाजलाई संगठित गर्नु तथा सशक्त भारत निर्माणमा योगदान पुर्‍याउनु रहेको छ।

उहाँले रक्सौलवासी सम्पूर्ण नागरिकहरूलाई पोस्ट अफिस रोडस्थित श्री राम जानकी मन्दिर सह विवाह परिसरमा आगामी ३१ जनवरी साँझ ५ बजेदेखि आयोजना हुने हिन्दू सम्मेलनमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अपिल गर्नुभयो। सम्मेलन तीन सत्रमा सम्पन्न हुनेछ, जसअन्तर्गत भजन सन्ध्या, बौद्धिक सत्र तथा प्रसाद वितरण कार्यक्रम समावेश गरिएका छन्।

बैठकमा दुर्गेश कुमार (जिल्ला कार्यवाह), सुबोध कुमार (जिल्ला सम्पर्क), हेमन्त कुमार (शिवाजी बस्ती प्रमुख), धीरज कुमार, अजय कुमार, चन्दन गुप्ता, प्रकाश कुमार (जिल्ला व्यवस्था प्रमुख), सुनील कुमार, सुरेश कुमार गुप्ता (बाबा), सनोज कुमार, विवेक कुमारलगायत थुप्रै स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...