उपकार सेवा नेपालद्वारा ठोरीको वृद्ध – वृद्वा आश्रमलाई न्यानो कम्बल सहयोग

Date:

पर्सा पोस्ट, २५ पौष, बिरगञ्ज ।
उपकार सेवा नेपालले चिसो मौसमलाई ध्यानमा राख्दै पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. १ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित व्यक्तिहरूका लागि न्यानो कम्बल सहयोग गरेको छ।

आश्रममा रहेका अपाङ्ग, सुस्त मानसिक अवस्था भएका, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकासहित १८ जनाको प्रयोगमा आउने गरी संस्थाले २७ थान न्यानो कम्बलको प्रबन्ध गरी उपलब्ध गराएको हो।

सो अवसरमा आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूले आश्रमका प्रतिनिधि थिङलाई न्यानो कम्बल हस्तान्तरण गरेका थिए।

उपकार सेवा नेपालले विगतदेखि नै उक्त आश्रमलाई प्रत्येक महिना खाद्यान्न सामग्रीसहित अन्य आवश्यक जिन्सी सामग्रीहरू सहयोग गर्दै आइरहेको छ। संस्थाको निरन्तर सहयोगले आश्रममा आश्रित असहाय तथा वृद्ध व्यक्तिहरूलाई ठूलो राहत पुगेको आश्रम पक्षले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...