उपकार सेवा नेपालद्वारा ठोरीको वृद्ध – वृद्वा आश्रमलाई न्यानो कम्बल सहयोग

Date:

पर्सा पोस्ट, २५ पौष, बिरगञ्ज ।
उपकार सेवा नेपालले चिसो मौसमलाई ध्यानमा राख्दै पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. १ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित व्यक्तिहरूका लागि न्यानो कम्बल सहयोग गरेको छ।

आश्रममा रहेका अपाङ्ग, सुस्त मानसिक अवस्था भएका, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकासहित १८ जनाको प्रयोगमा आउने गरी संस्थाले २७ थान न्यानो कम्बलको प्रबन्ध गरी उपलब्ध गराएको हो।

सो अवसरमा आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूले आश्रमका प्रतिनिधि थिङलाई न्यानो कम्बल हस्तान्तरण गरेका थिए।

उपकार सेवा नेपालले विगतदेखि नै उक्त आश्रमलाई प्रत्येक महिना खाद्यान्न सामग्रीसहित अन्य आवश्यक जिन्सी सामग्रीहरू सहयोग गर्दै आइरहेको छ। संस्थाको निरन्तर सहयोगले आश्रममा आश्रित असहाय तथा वृद्ध व्यक्तिहरूलाई ठूलो राहत पुगेको आश्रम पक्षले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...