बढ्दो चिसोमा बिरगंज कपडा बैंकद्वारा घन्टाघरमा नि:सुल्क कपडा बितरण

Date:

पर्सा पोस्ट, पौष २५ गते, वीरगन्ज ।
बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। गरिब, असहाय तथा विपन्न वर्गलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब १ हजार ७ सय थान नयाँ तथा पुराना कपडा वितरण गरिएको बैंकका सचिव कन्हैया पटेलले जानकारी दिए।
वीरगन्ज कपडा बैंकले प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित आफ्नै कार्यालयबाट पनि नियमित रूपमा नि:शुल्क कपडा वितरण गर्दै आइरहेको छ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता र अधिवक्ता प्रकाश कुमार उपाध्याय विशिष्ट अतिथिका रूपमा रहेका थिए।

कार्यक्रममा युवा समाजसेवीहरू बरुण चौरसिया, हुकुम सिंह, नेजामुदिन समानी, सुशिला साहनरोत्तम पाण्डे, आइज नेपाल पर्साका कोषाध्यक्ष रुपशिला जैसवाल, इन्द्र कुमार मानन्धर, घण्टाघर प्रहरी पोस्ट प्रमुख राम विनय झा, संस्थाका सल्लाहकार श्रवण बहादुर रायमाझी, ओमप्रकाश सरार्फ, उपाध्यक्ष प्रकाश थारु तथा सदस्यहरू जानकी देवी, सञ्जय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, अभय बस्नेत, लम्बु पटेल, सुमित राज गुप्ता लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चारकर्मीहरूको पनि उपस्थिति थियो।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जो सँग धेरै कपडा छ, हामीलाई दिएर जानुहोस्, र जसलाई आवश्यक छ, निःशुल्क लिएर जानुहोस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै वीरगन्ज कपडा बैंकले विगत ७ वर्षदेखि निरन्तर रूपमा सेवा गर्दै आएको उल्लेख गरे। आगलागी, बाढी, शीतलहर, चिसो यामजस्ता विपद्का समयमा पीडितहरूको घरआँगनमै पुगेर लत्ताकपडा तथा अन्य सामग्री सहयोग गर्दै आएको बैंकको योगदान सराहनीय रहेको उनले बताए। अहिलेको लगातारको शीतलहरले दिनदुःखी असहायको जनजीवन कष्टकर बनेको उल्लेख गर्दै उनले सबैले आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने संस्कार विकास गर्न आग्रह गरे।

विशिष्ट अतिथि अधिवक्ता पन्नालाल गुप्ताले सबैको साझा प्रयास र सहयोगबाट मात्र दिनदुःखी असहायको सेवा सम्भव हुने भन्दै शीतलहरको यो कठिन समयमा आ–आफ्नो स्थानबाट सहयोग गर्न सबैमा आग्रह गरे। साथै उनले वीरगन्ज कपडा बैंकको मानवीय अभियानमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको समापन गर्दै अध्यक्ष लालबाबू सिंहले कपडा बैंकको मानवीय अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी, सदस्य तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...