पर्सा पोस्ट, पुष १८ गते, वीरगञ्ज ।
जेष्ठ नागरिक, अपाङ्ग तथा विधुवा महिलाहरूलाई लक्षित गरी कम्बल तथा इलेक्ट्रिक जग वितरण कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिका वडा नं. ९ को सहयोगमा अदया कन्स्ट्रक्सन, बिन्दवासिनी पर्साद्वारा आयोजित उक्त कार्यक्रम वडा नं. ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताको नेतृत्व तथा अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा समाजसेवी शतिस सिंह राजपुत, स्थानीय सर्वसाधारण तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा कुल १६२ जना जेष्ठ नागरिक, अपाङ्ग तथा विधुवा महिलाहरूलाई कम्बल र इलेक्ट्रिक जग वितरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले चिसो मौसममा जेष्ठ नागरिक, अपाङ्ग तथा विधुवा महिलाहरू बढी प्रभावित हुने भएकाले उनीहरूलाई राहत पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले समाजका कमजोर तथा विपन्न वर्गको संरक्षण र सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे।
स्थानीयवासीहरूले सहयोगात्मक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह भएको भन्दै आयोजक तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन्।