शितलहरबाट राहत दिन बिरगंज -१० मा वडाध्यक्ष कानुको मानविय पहल, दुई दर्जन स्थानमा आगो ताप्ने व्यवस्था

Date:

पर्सा पोस्ट, पौष १३ गते, वीरगञ्ज।
वीरगञ्जमा पछिल्लो केही दिनयता बढेको कठ्याङ्ग्रिँदो चिसो र शीतलहरका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ। बिहान र साँझको चिसोले दैनिक मजदुरी गर्ने श्रमिक, रिक्सा चालक, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई प्रत्यक्ष असर पारेको छ।

यही अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुले पुनः एकपटक जनताप्रतिको गहिरो संवेदनशीलता प्रस्तुत गर्दै वडावासीलाई राहत दिने मानवीय पहल सुरु गरेका छन्। वडाध्यक्ष कानुको नेतृत्वमा आइतबारदेखि वडाभित्रका दुई दर्जनभन्दा बढी स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको छ, जुन शीतलहर अन्त्य नहुन्जेलसम्म निरन्तर सञ्चालन हुने बताइएको छ।

वडाध्यक्ष कानुका अनुसार विशेषगरी बाहिर बसेर काम गर्नुपर्ने मजदुर, रिक्सा चालक, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई लक्षित गरी यो व्यवस्था गरिएको हो। आगो ताप्ने व्यवस्था ठाकुरराम क्याम्पस अगाडि, सत्या हल अगाडि, घडिअर्वा चोक, बाबा मठिया चोक, बनारसी चोक, वर्णवाल चोक, अशोक वाटिका चोक, रानीघाट चोक, घडिअर्वा गाउँ इनार अगाडि, प्रहरी चौकी अगाडि, कुमारी माई मन्दिर अगाडि, कर कार्यालय अगाडि, होली ल्यान्ड स्कुल अगाडि लगायत वडाका विभिन्न दुई दर्जनभन्दा बढी स्थानमा गरिएको छ।

“चिसोका कारण वडावासीहरू निकै पीडित छन्। उनीहरूको दैनिक जीवन सहज बनाउन र स्वास्थ्य सुरक्षाका लागि हामीले आगो ताप्ने व्यवस्था मिलाएका हौं,” वडाध्यक्ष कानुले बताए।

यो पहल वडाध्यक्ष कानुको निरन्तर जनसेवाको उत्कृष्ट उदाहरणका रूपमा लिइएको छ। अघिल्ला वर्षहरूमा पनि उनले यस्तै मानवीय कार्य गर्दै आएका थिए। यस वर्षको चिसोमा समेत उनको संवेदनशील निर्णयका कारण सयौँ सर्वसाधारणले राहत पाएका छन्।
स्थानीयवासीहरूले जनताको सुख–दुःखमा प्रत्यक्ष साथ दिने वडाध्यक्ष कानुको कार्यको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। यस्ता मानवीय पहलहरूले स्थानीय सरकारप्रति जनताको विश्वास अझ मजबुत बनाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...