प्याब्सन टि-१० क्रिक्रेट प्रतियोगिताको नवौं दिन चार खेल सम्पन्न , ब्लु हेभन , ओम नेशनल , मनकामना र गौतम स्कुल बिजयी

Date:

पर्सा पोस्ट , पुष १० गते , वीरगञ्ज।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत नवौँ दिन चारवटा खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन्। आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा बालक तथा बालिकाले उत्साहजनक र उत्कृष्ट प्रदर्शन गरेका छन्।

नवौँ दिनको पहिलो खेल (बोयज) मा ब्लू हेभेन एकेडेमीले MES लाई ४ विकेटले पराजित गर्दै जीत हासिल गरेको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका आलोक पटेल म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेल (गर्ल्स) मा ओम नेशनल एकेडेमीले मनकामना सेकेन्डरी स्कुललाई ६ विकेटले पराजित गर्दै विजयी भयो। खेलमा प्रभावशाली प्रदर्शन गरेकी अन्जली साह म्यान अफ द म्याच घोषित भइन्।

तेस्रो खेल (बोयज) मा मनकामना सेकेन्डरी स्कुलले लिटल एन्जल्स सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्‍यो। यस खेलमा साहिल हुसैनले उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि हात पारे।
त्यसैगरी, चौथो खेल (गर्ल्स) मा गौतम स्कुलले सनसाइन एकेडेमीलाई ७८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। उक्त खेलमा श्रेेष्ठा बस्नेत म्यान अफ द म्याच घोषित भइन्।

आयोजक प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगिताले विद्यालयस्तरका विद्यार्थी खेलाडीहरूको प्रतिभा उजागर गर्न तथा खेलकुदप्रति रुचि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...