पत्रकारमाथी दुर्ववहारको बिरोधमा प्रेस चौतारी पर्साद्वारा प्रजिअलाई जाहेरी

Date:

पर्सा पोस्ट, पौष ०१ गते, वीरगञ्ज ।
गत बुधवार समाचार संकलनको क्रममा जीराभवानी गाउँपालिका पुगेका पत्रकार शैलेश साह गुप्तामाथि त्यहाँका केही कर्मचारीले दुव्र्यवहार गरेको घटनाको विरोधमा प्रेस चौतारी नेपाल पर्साले आज जिल्ला प्रशासन कार्यालय, पर्सामा प्रमुख जिल्ला अधिकारी तोयानाथ दाहाललाई जाहेरी दिएको छ।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको नेतृत्वमा पुगेको सञ्चारकर्मीहरूको टोलीले घटनाबारे जानकारी गराउँदै पत्रकारमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई अविलम्ब कारबाही गर्न माग गरेको हो।

फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक तथा प्रेस चौतारी नेपाल पर्साका सदस्य शैलेश साह गुप्तामाथि गत बुधवार जीराभवानी गाउँपालिकाका कर्मचारी जितेन्द्र मिश्र र इन्द्रजीत हजरा लगायतले अपशब्द प्रयोग गर्नुका साथै मोबाइल फोन खोसेर खिचिएका फोटोहरू डिलिट गरेको आरोप छ।

कार्यालय समयमा गाउँपालिकाका कर्मचारीहरू अनुपस्थित रहेको अवस्थामा त्यसको फोटो खिच्ने क्रममा पत्रकार गुप्तामाथि उक्त दुव्र्यवहार भएको जनाइएको छ।

प्रेस चौतारी नेपाल पर्साको टोलीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेपछि प्रमुख जिल्ला अधिकारी दाहालले जीराभवानी गाउँपालिकाका सम्बन्धित कर्मचारीहरूलाई मौखिक आदेश दिँदै आगामी मंगलवार बिहान ११ बजे सिसिटिभी फुटेजसहित जिल्ला प्रशासन कार्यालय, पर्सामा उपस्थित हुन निर्देशन दिएका छन्। प्रजिअ दाहालले पत्रकारमाथि अभद्र व्यवहार गर्ने जो–कोहीलाई कारबाही गरिने प्रतिबद्धता पनि जनाएका छन्।

डेलिगेशनमा प्रेस चौतारी नेपाल पर्साका निरन्जन मिश्र, विजय (तुलसी) भण्डारी, किरण सत्याल, शैलेश गुप्ता, लक्ष्मी खरेल, राजन रौनियार, राजन सिंह, एस.के. चौरसिया, दिपेन्द्र बिसी, कन्हैया गुप्ता, रामजी यादव, मृत्युन्जय साह, अभिलाष गुप्ता, कृष्णा श्रीवास्तव, विजय साह लगायतको उपस्थिति रहेको थियो।

यसैबीच, नेपाल पत्रकार महासंघ पर्साले पनि घटनाप्रति ध्यानाकर्षण जनाउँदै कर्मचारीमाथि कारबाहीको मागसहित प्रेस विज्ञप्ति जारी गरेको छ। महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार संकलनको क्रममा सञ्चारकर्मीमाथि भएको अभद्र व्यवहारको कडा भत्र्सना गरिएको छ।

विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि अविलम्ब कारबाही गर्न माग गर्दै नागरिकको सुसूचित हुने अधिकारको रक्षा तथा सञ्चारकर्मी र समग्र सञ्चार क्षेत्रको सुरक्षाप्रति सरोकारवाला निकाय संवेदनशील बन्न आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...