बिरगंजमा घाइते पुरुषको सुरक्षित उद्वार

Date:

पर्सा पोस्ट , समाचार । बिरगंजको महावीर स्थान क्षेत्रबाट अन्दाजी ४५ वर्षीय एक पुरुषलाई शनिबार सुरक्षित उद्धार गरिएको छ।

खुट्टामा रड लागेको र बोली अस्पष्ट रहेको अवस्थामा फेला परेका ती पुरुषलाई प्रहरीको समन्वयमा मानवसेवा आश्रम बिरगंजले उद्धार गरेको हो।

उद्धारमा बिरगंज वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको महत्वपूर्ण भूमिका रहेको आश्रमकी प्रमुख मुना पुलामी मगरले बताइन्। उनले चौलागाईंको अमूल्य सहयोगप्रति आभार व्यक्त गर्दै, “मानवता तब मात्र पूर्ण हुन्छ जब हामी एकअर्काको पीडामा हात अघि सार्छौं,” भनिन्।

मगर आफैं आफ्नो टोलीसहित उद्धारकार्यमा प्रत्यक्ष रूपमा सहभागी थिइन्। घटनाबारे विस्तृत जानकारी मानवसेवा आश्रम बिरगंजका संस्थापक सदस्य देवेश गुप्ताले दिएका थिए।

आश्रमतर्फबाट जनाइएको जानकारीअनुसार, उद्धार गरिएका व्यक्तिलाई प्रारम्भिक उपचारपछि सुरक्षित स्थानमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...