ब्रह्माकुमारी राजयोग सेवा केन्द्र , बिरगंजद्वारा रक्षाबन्धन र जनै पुर्णिामा विशेष कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , साउन २४ गते, बिरगंज । पवित्रता, दैवी मर्यादा, वैश्विक भ्रातृत्व, दिव्य आत्मिक प्रेम र सम्पूर्ण ईश्वरीय सुरक्षाको प्रतीकको रूपमा मनाइने रक्षाबन्धन एवम् संस्कार संशोधनको द्योतक पर्व जनै पूर्णिमाको अवसरमा शनिबार वीरगञ्जमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगञ्जको आयोजनामा ओम् शान्ति भवन, विर्ता–४ मा भएको कार्यक्रमको नेतृत्व ब्रह्माचारिणी ब्रह्माकुमारी रविना दिदीले गरेकी थिइन्। कार्यक्रमको प्रारम्भमा उपस्थित अतिथिहरूलाई ईश्वरीय रक्षासुत्र (राखी) अर्पण गर्दै पवित्रता, भ्रातृत्व र आत्मिक सुरक्षाको सन्देश दिइएको थियो।
राखी ग्रहण गर्नेहरूमा गन्यमान्य व्यक्तिहरू—गणेश लाठ, अशोक बैध, श्रवणबहादुर रायमाझी,अभिलाष गुप्ता, प्रदीप चौरसिया, प्रकाश थारु, डा. दीपक शाक्य, अमर  क्याल, वरिष्ठ समाजसेवी मुर्लीधर रुङटा लगायतको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जको तर्फ बाट गोकुल भाईजी, गोवर्धन भाईजी लगायतकाहरुको विशेष सहयोग रहेको थियोे।

ब्रह्माकुमारी रविना दिदीले रक्षाबन्धनको वास्तविक महत्वबारे प्रकाश पार्दै यसलाई केवल दिदी–भाइको सम्बन्धमा सीमित नगरी, विश्वमै शान्ति, पवित्रता र भ्रातृत्वको सन्देश फैलाउने अवसरको रूपमा लिन आग्रह गरिन्। उनले जनै पूर्णिमाले दिने संस्कार संशोधनको प्रेरणासँगै, प्रत्येक व्यक्तिले आफ्नो विचार, व्यवहार र चरित्रमा पवित्रता स्थापना गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा सहभागी अतिथिहरूले ईश्वरीय रक्षासूत्रलाई दैवी संरक्षण र आत्मिक बलको प्रतीकका रूपमा ग्रहण गर्दै यसले जीवनमा सकारात्मकता, सद्भाव र आध्यात्मिक उत्थान ल्याउने विश्वास व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...