मारवाडी महिला सम्मेलन रक्सौल शाखाद्वारा आईसिपिमा रक्षाबन्धन पर्व भब्य रुपमा सम्पन्न

Date:

अजित कुमार भुजेल, साउन २४ गते, बिरगंज । मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाले रक्सौलको एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा रक्षाबन्धन पर्व एक सभ्य एवं भव्य कार्यक्रमका साथ हर्षोल्लासपूर्वक सम्पन्न गरेको छ।

रक्सौल शहरको हरैया स्थित भारत भूमि पत्तन प्राधिकरण (हवाईअड्डा)मा आयोजित सो कार्यक्रम अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाका अध्यक्ष सोनू काबराको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रममा शाखाका पदाधिकारी एवं सदस्यहरूले आईसीपी प्रबंधक राजीव रंजन कुमार, कार्यालयमा कार्यरत कर्मचारी, एस.एस.बी. जवान तथा फायर ब्रिगेडका जवानलाई रक्षासूत्र बाँधी लामो आयु र मंगलमय जीवनको कामना गरे। महिलाहरूले टीका–तिलक लगाई राखी बाँधी आरती उतार्दै उनीहरूको सुरक्षा र कल्याणको प्रार्थना गरे।

अध्यक्ष सोनू काबराले विगत वर्षहरूझैँ प्रतिवर्ष आईसीपीमा रक्षाबन्धन उत्सव आयोजना गर्ने उद्देश्यबारे जानकारी दिँदै, “यहाँ कार्यरत कर्मचारी र जवानहरू आ–आफ्नो घर–परिवारबाट टाढा रहेर सेवा दिइरहेका छन्। उनीहरूलाई बहिनी र परिवारको कमी महसुस नहोस् र स्थानीय बासिन्दासँग सामाजिक एकता मजबुत होस् भन्ने सोचले यो उत्सव आयोजना गरिएको हो,” भने।

आईसीपी प्रबंधक राजीव रंजन कुमारले पनि यो अवसरलाई विशेष अनुभूति भएको बताए। उनले भने, “आज रक्षाबन्धनको पावन अवसरमा राखी बाँधिदिँदा हामीलाई परिवार र बहिनीहरूको कमी महसुस भएन। यसका लागि हामी सदैव ऋणी र कृतज्ञ रहनेछौं।”

सो अवसरमा शाखाका सचिव संगीता अग्रवाल, प्रांतीय बाल विकास प्रमुख वीणा गोयल, उपाध्यक्ष अनुजा अग्रवाल, सहसचिव रचना रुंगटा, सारिका अग्रवाल, मधु अग्रवाल, शिखा रंजन, अनुराधा शर्मा लगायत क्लबका पदाधिकारी, स्थानीय महिला तथा युवाहरूको उल्लेखनीय सहभागिता थियो।

पत्रकार रजनिश प्रीयदर्शनीले पनि यस्तो कार्यक्रमले व्यक्ति, समाज र देशमा आपसी एकता र भाईचारालाई मजबुत बनाउने धारणा व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...