निसुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न , २६३ जनाको स्वास्थ्य परिक्षण र ५७ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल, साउन २३ गते, बीरगंज। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाको सहकार्यमा आज एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रम अन्तर्गत वरिष्ठ फिजिसियन डा. सुधाकर झा, बाल रोग विशेषज्ञ डा. रञ्जित कुमार चौरसिया, तथा स्त्री रोग विशेषज्ञ डा. संतोश झा लगायतका विशेषज्ञ चिकित्सकहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए। सेवा लिने सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो।

कुल २६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको उक्त कार्यक्रममा ५७ जना स्वयंसेवकहरूले रक्तदान गरेका छन्।

नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इसरात जहान अन्सारी, प्रमुख सूचना अधिकृत ई. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, गुणस्तर तथा सञ्चालन प्रमुख ब्रज किशोर चौधरी, म्याट्रोन बिकास कुमार, तथा रक्त बैंक कार्यक्रम संयोजक बिनेश चौधरीको उपस्थिति रहेको थियो।

त्यस्तै गाउँपालिकाको तर्फबाट नगर प्रमुख अशोक कुमार जयसवाल, स्वास्थ्य सचिव ओमप्रकाश चौधरी, प्रसूति केन्द्र प्रमुख तथा अन्य पदाधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको विशेष क्षणमा नगर प्रमुख जयसवालले नेशनल मेडिकल कलेजकी अस्पताल निर्देशक डा. अन्सारीलाई मायाको चिनो प्रदान गर्नुका साथै सहभागी सम्पूर्ण चिकित्सक, अधिकारी तथा कर्मचारीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए।

आयोजक पक्षका अनुसार यस्तो प्रकारको संयुक्त प्रयासले समुदायस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...