नेशनल ईन्फोटेक कलेजद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न ,२४ महिला सहित १६९ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न. १५ ब्रहमचोकमा अवस्थित नेसनल इन्फोटेक कलेजले गर्मीयामसँगै रगतको अभावलाई मध्यनजर गर्दै आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

बुधबार कलेज परिसरमा सम्पन्न उक्त कार्यक्रममा २४ जना महिला सहित १६९ जनाले रक्तदान गरेका छन्। कार्यक्रमको शुभारम्भ कलेजका सञ्चालकद्वय मनिष सिंह र काजल सिंहले स्वयं रक्तदान गरी गरे। उनीहरूले सहभागी रक्तदाताहरुलाई ब्लड कलेक्शन ब्याग पनि प्रदान गरेका थिए।

रक्तदान गर्ने प्रमुख व्यक्तिहरुमा काजल सिंह, मनिष सिंह, सयोनी कुमारी, रबिना खातुन, मनिका यादव, स्नेहा साह, सम्झना यादव, रानु पाल, कन्चन कुमारी, सुजाता यादव, चित्रलेखा कुमारी, सुधिर पटेल, जितेन्द्र कुमार साह, जितेश पटेल, रोहित मण्डल, चन्दन महतो कहार, शशी बरनवाल, आयुष शर्मा, राहुल कुमार गुप्ता लगायतका व्यक्तिहरु सहभागी थिए।

कार्यक्रममा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखाका सभापति सतिश सिंह राजपुत, सामाजिक अभियन्ता दिवेश मानवसेवा, ओमकुमार झा, राजन श्रीवास्तव, कलेजका एशिया डाइरेक्टर सुधिर पटेल, सञ्चारकर्मी अर्जुन चौधरी, अभिलाश गुप्ता, साथै कलेजका शिक्षक, विद्यार्थी, कर्मचारी र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा सञ्चालक मनिष सिंहले भने, “वीरगन्जमा गर्मी बढेसँगै रगतको चरम अभाव भएकोले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेका हौं। जात, धर्म, हैसियत केही नहेरी मानवताको सेवा गर्ने सबैभन्दा महान कार्य रक्तदान हो, त्यसैले हामी सबैले नियमित रक्तदान गर्नु पर्छ।”

त्यसैगरी कलेजका एशिया डाइरेक्टर सुधिर पटेलले भने, “रक्तदान नै जीवनदान हो। प्रत्येक तीन महिनामा हाम्रो शरीरमा रगत फेरिनेसँगै, नियमित रक्तदान गर्न सकिन्छ। अहिले वीरगन्ज आसपासको क्षेत्रमा रगतको अभावलाई ध्यानमा राख्दै हामीले यो कार्यक्रम आयोजना गरेका हौं।”

कार्यक्रम सफल बनाउन रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झाको नेतृत्वमा स्वयंसेवक टोलीले सक्रिय सहयोग पुर्‍याएको थियो। रक्तदाताहरुको यो योगदानले मानवता बलियो बनाउने सन्देश दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...