अकस्मात रक्तदान शिबिरमा ७ जनाले आफ्नो अमुल्य रक्तदान गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बिरगंजद्वारा  पर्साको घन्टाघरमा आकस्मिक रक्तदान शिविर कार्यक्रम सम्पन्न गरेको छ। ‘सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ आयोजित सो रक्तदान शिविरमा ७ जना रक्तदाताहरूले रक्तदान गरेका छन्।

कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृज किशोर पटेलले गरेका थिए। कार्यक्रममा रेशमकोठि उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, समाजसेवी प्रकाश थारु, रानीघाट उपशाखाका अध्यक्ष शतिश सिंह राजपुत, सौरभ राज पाण्डे, राजन श्रीवास्तव लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

गर्मीको मौसमसँगै रक्त अभाव देखिएको अवस्थामा जीवन रक्षाका लागि आकस्मिक रुपमा शिविरको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा रक्तदाता महानुभावहरूलाई जीवनदायिनी योगदानका लागि धन्यवाद दिँदै, आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको थियो।

रक्तदान गर्ने महानुभावहरूमा प्रल्हाद चौरसिया , सुमित आनन्द, दिपक सर्राफ, हृदयलाल पासवान, प्रदीप कुमार, सलमान हुस्दी र सागरमान राम रहेका छन्।

नेपाल रेडक्रस सोसाइटी वीरगञ्जद्वारा भविष्यमा समेत यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...