No menu items!

महानगरद्वारा खाद्य सुरक्षा र सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरले होटल तथा रेस्टुरेन्ट ब्यबसायीहरुसंग अभिमुखिकरण  कार्यक्रम सम्पन्न गरेको छ ।

महानगरले यहाँका स्थानीय उपभोक्ता हरुको स्वच्छ परिकार उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नका निमित्त महानगर भित्र  रहेका सम्पुर्ण  होटल तथा रेस्टुरेन्टहरुलाई खाद्य सुरक्षा र सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

आज होटल मकालुमा आयोजित उक्त कार्यक्रममा बिरगंजमा अबस्थित होटल तथा रेस्टुरेन्ट ब्यबसायीहरुलाई जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले खाद्य सुरक्षा र सरसफाइ सम्बन्धि अभिमुखिकरण सम्बन्धि विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले महानगर अनुगमनकारी निकाय पनि भएकोले  अनुगमन गर्नु अधि सबै होटल तथा रेस्टुरेन्ट ब्यबसायिहरुले खाद्य सुरक्षा र सरसफाइ सम्बन्धि सम्पुर्ण जानकारी प्राप्त गरून् भन्ने उदेश्यले यो कार्यक्रम संचालन गरेकोले अब महानगर अनुगमनमा आउँदा सम्पुर्ण रूपमा चुस्त दुरुस्त हुन निर्देशन दिएका थिए । उनले सिकेका कुरालाई ब्यबहारमा उतार्न पनि अनुरोध गरे ।अभिमुखिकरण  कार्यक्रमका सभापतित्व गरेका होटल तथा पर्यटन व्यवसायि संघ पर्साका अध्यक्ष हरि पन्तले अभिमुखिकरण होटल ब्यवसायिहरुको लागि उपलब्धि मुलक रहेकोले यसबाट ब्यवसायिहरुले धेरै कुराहरु सिक्ने मौका पाएको बताए । अध्यक्ष  पन्तले अनुगमनकारी निकायहरुले अनुगमन गर्दा कतिपय कुराहरु ब्यवहारिक रूपमा समेत आत्मसात गर्नु पर्ने बताए । कार्यक्रम हान मधेस प्रदेशका बरिस्ठ उपाध्यक्ष मोहन प्रधानले सन्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...