लागू औषध अफिम सहित ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ

Date:

अजित कुमार भुजेल , बिरगंज । लागु औषध अफिम जस्तो देखिने पदार्थ सहित चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

बिरगंज महानगरपालिका वडा न. १६ स्थित रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरिले जानकारी गराएका थिए । मङ्गलवार दिउँसो अन्दाजी १ :३० बजेको समयमा वडा प्रहरी कार्यालय बिर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा पर्साबाट खटिएको टोलीले ना.४६ प २५४० र ना.४०प ६४६९ नम्बरका दुईवटा मोटरसाइकलमा सवार व्यक्तिहरूमाथि चेकजाँच गर्दा लागुऔषध फेला परेको हो।

पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं ५ का ३५ वर्षीय रामेश्वर राउत, वडा नं १ का ४० वर्षीय विनोद गिरी, सुनिलकुमार श्रीवास्तव, रामेश्वर राउत तथा लागुऔषध सहित मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...