अजित कुमार भुजेल ,डडेलधुरा । कैलालीको प्रहरी हिरासतमै डडेलधुराका एक युवकको मृत्यु भएपछि डडेलधुरा, बैतडी, बझाङ र दार्चुलालाई जोड्ने मुख्य सडकखण्डमा स्थानीयले पूर्ण यातायात अवरोध गरेका छन्। यस अवरोधका कारण सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
मृतकको परिचय हालसम्म सार्वजनिक गरिएको छैन, तर स्थानीयको आक्रोश अनुसार उक्त युवक “अन्यायपूर्वक हिरासतमा राखिएको” र “प्रहरीको कडा व्यवहारका कारण मृत्यु भएको” भन्ने आरोप लगाइएको छ।
प्रहरी प्रशासनले भने घटनाको छानबिन प्रक्रिया सुरु गरिएको जनाएको छ। घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने तनाव कायमै रहेको जनाइएको छ।
यात्रुहरुले खानेपानी, स्वास्थ्य र सुरक्षाको अभावमा गम्भीर समस्या भोग्न थालेको जनाइएको छ। स्थानीय नेताहरुले घटना शान्त पार्न पहल गरिरहेका छन् भने पीडित पक्ष न्यायको माग गर्दै आन्दोलनमा उत्रिएको छ।
यसबीच, सुदूरपश्चिमका प्रमुख यातायात मार्ग ठप्प हुँदा आपतकालीन सेवा समेत प्रभावित भएको छ।