बिरगंज वडा न.५ स्थित नारायणी स्पोर्ट्स क्लब कब्जामुक्त , वडाबासिकै मातहतमा संचालन हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । लामो समयदेखि केही स्वार्थपरस्त व्यक्तिहरूद्वारा एकाधिकार जमाई कब्जामा राख्दै आइरहेको नारायणी स्पोर्ट्स क्लब कब्जामुक्त भएको छ ।

बिरगंज महानगर पालिका वडा न.५ मा रहेको नारायणी स्पोर्ट्स क्लब धेरै दिनदेखि बन्द राखी आफ्नो व्यक्तिगत  स्वार्थमा प्रयोग र संचालन गर्दै आईरहेको सो क्लब स्थानीयहरुको दबाबमा महानगरपालिकाको सार्वजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया स्वतः उपस्थित रही कब्जामुक्त गराइएका थिए।

उक्त क्लब वडाका भद्रभलाद्मी, जनप्रतिनिधि अनि नगर प्रहरीको रोहबरमा क्लब कब्जामुक्त गरि वडावासीकै जिम्मामा लगाइएको हो । यो अघि पटक–पटक सूचना टाँस्दा पनि क्लबमा लगाईएको ताल्चाको साचो हामी संग नरहेको सम्बन्धित पक्षहरू बेवास्ता गर्दै आएका थिए । सूचनाहरूको वेवास्ता पश्चात वडासमितिले एक भेला आयोजना गरि क्लबमा लगाइएको ताल्चा खोल्दै वडाले औपचारिक रूपमा क्लबको जिम्मेवारी आफ्नो मातहतमा लिएको स्थानीयले जानकारी दिएको  छ ।

यस निर्णयसँगै अब क्लबको सञ्चालन वडावासी अनि वडा समितिको प्रत्यक्ष निगरानीमा अधिक पारदर्शी ढङ्गमा गरिने वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसियाले जानकारी दिएका छन् । वडाबासिन्दाहरूको भावना, खेलकुदको सुरक्षा अनि खेलाडीहरूको भविष्यलाई मध्यनजर गरि गरिएको यो निर्णय महत्वपूर्ण मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...