No menu items!

ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साद्वारा रक्तदाता र रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गर्ने सस्थाहरुलाई सम्मान

Date:

अजित कुमार भुजेल , बिरगंज । ब्लडडोनर्स एसोसिएसन नेपाल पर्साले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान गर्ने रक्तदाताहरु एवं आयोजक संघसंस्थाहरुलाइ वीरगन्जमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

बिरगंजको मकालु होटलको सभाहलमा आयोजित सो सम्मान कार्यक्रम ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका अध्यक्ष शत्रुघन नेपालको अध्यक्षता एवं बिरगंज  उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अतिथी सखुवा प्रसौनी गापाका अध्यक्ष यसबन्त यादव, पर्सा प्रहरी उपरीक्षक गौतम मिश्र ,वीरगन्ज महानगर वडा न. ९ का वडाअध्यक्ष जवाहर प्रसाद गुप्ता,वडा न. ३ का वडाअध्यक्ष बैजु स्वर्णकार,नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाका सभापती भगवान कुर्मी , रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डेय, सामाजिक अभियन्ताहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखाका सभापती सतिश सिंह ,वीरगन्ज युवा समाजका अध्यक्ष सन्जिव थापा,राजेन्द्र भट्टराई, सन्चारकर्मीहरु लगायत विभिन्न  संघसंस्थाका पदाधिकारी सदस्यहरु एवं ब्लड डोनर्स एसोसिएसन पर्साका पदाधिकारी सदस्यहरुको  बाक्लो सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथी गौतमले रक्तदान भनेको दिनेलाइ केही घाटा हुदैन र लिने लाई त कति फाईदा कति फाईदा हुने जीवन नै बच्ने भएकोले रक्तदाताहरु साक्षत भगवानका दुतहरु हुनुहुन्छ र उहाहरुको सम्मान गर्न पाउँदा आफू निकै खुशी एवं गर्विलो महसुस गरेको छु, यस्तो पुण्य एवं महत्त्वपूर्ण कार्यमा मलाइ प्रमुख अतिथी बनाइ रक्तदाताहरुको दर्शन सम्मान गर्ने मौका दिएकोमा ब्लड डोनर्स एसोसिएसन नेपाल पर्सा परिवारलाई हार्दिक आभार ब्यक्त गर्दै रक्तदानमा सबैले हातेमालो गरि मानवता बलियो बनाउन आग्रह गरेका छन ।

सो अवसरमा सखुवा प्रसौनिका अध्यक्ष यादवले रगत लिदा दिदा कुनै जात धर्म छुवाछूत मानिन्दैन हेरिदैन त्यसैले हामिले रक्तदान लाई जीवन जोगाउने जस्तो पुण्यको कार्य सङै हाम्रो समाजबाट छुवाछुत हटाउन आग्रह गर्दै कसैको जीवन बचाउने रक्तदान ,उत्प्रेरणा जस्ता कार्यक्रम को लागि सखुवाप्रसौनिले १ लाख बजेट छुटयाएर राख्ने प्रतिबद्धता जनाउदै रक्तदाताहरु प्रती हार्दिक आभार ब्यक्त गर्नु भयो ।

वडा न. ९ का वडाअध्यक्ष गुप्ताले म पनि रेडक्रस उपशाखा रानिघाटको उपाध्यक्ष रहि बिसौ वर्ष देखि रक्तदान कार्यक्रमको आयोजना गरि सेवा सहयोग गर्दै आएको र हाम्रो वडा समिती र रानिघाट दुर्गापुजा समितिले रानिघाटमा बर्षमा ३ पटक रक्तदान कार्यक्रम गर्दै आएको र उप्रान्त २ दुई पटक गरि ४ पटक रक्तदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै रक्तदान प्रती समाजमा जागरुकता फैलाउन सबैलाइ हार्दिक आग्रह गर्नुभयो ।

सो हि अवसरमा वीरगन्ज वडा न. ३ का वडाअध्यक्ष बैजु स्वर्णकारले बढदो गर्मीको समयमा रक्तसञ्चार केन्द्रमा आएर रक्तदान गर्ने रक्तदाताहरुको सहजताको लागि एउटा डेढ टनको एसि उपलब्ध गराउने घोषणा गरेका थिए ।

सो कार्यक्रमको अध्यक्ष नेपालले कोहि कतै रगतको अभावमा अनाहकमा ज्यान गुमाउन नपरोस भनी ब्लड डोनर्स एसोसिएसनले अहोरात्र मेहनत गरि रक्तदाताको खोजी ,रक्तदान प्रती उत्प्रेरित गरि रक्तदान कार्यक्रम आयोजना गर्न हौसला बढाउन ,आग्रह गर्ने जस्ता कार्यहरु निरन्तरता दिदै आइरहेको सर्वविदितै रहेको बताउदै आआफ्नो शरिरको महत्वपूर्ण अन्श दान गरि कसैको जीवन जोगाउने रक्तदाताहरुको उचित सम्मान गर्न अत्यन्तै आवश्यक रहेको बताउदै हामि सबैले उहाहरुको जहिले पनि सम्मान गरि उहाहरुलाइ र अरुहरुलाइ पनि रक्तदान गर्न प्रेरित गर्न हौसला प्रदान गर्नमा जोड दिदै सहभागी सम्पुर्णलाई हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य सदस्य निशान्त लामिछानेले गरेका थिए भने सहजीकरण राजन श्रीवास्तवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...