अजित कुमार भुजेल , बिरगंज । विश्व वातावरण दिवसको अवसरमा बिहीबार बिरगंज महानगरपालिका वडा न. १७ स्थित इन्टिग्रेटेड चेकपोइन्ट (आईसीपी) ड्राइपोर्ट टर्निङ क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१०, भारतको महावाणिज्य दूतावास बिरगंज , बिरगंज महानगरपालिका र राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो।
सो कार्यक्रमका प्रमुख अतिथि भारतका महावाणिज्य दूतावास वीरगञ्जका प्रमुख डी.एस. मीना थिए भने कार्यक्रमको अध्यक्षता ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गर्नु भएको थियो।
करिब ५०० जनाको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका जम्मा ३५० वटा बिरुवा रोपिएको आयोजकले जनाएको छ। वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि उक्त अभियान सम्पन्न भएको थियो।
कार्यक्रममा सहभागी विशिष्ट व्यक्तिहरुमा भारतका महावाणिज्य दूतावासका मनिष दास, नेपाल इन्टर मोडल यातायात व्यवस्थापन समितिका वरिष्ठ अधिकृत कमल गेवाली, सशस्त्र प्रहरी बल नेपालका नायव उपरीक्षक देवेन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र राज खड्का, वडा नं. १७ का अध्यक्ष संजीव बहादुर क्षेत्री, नगर प्रहरी प्रमुख हरि प्रसाद भुसाल, प्रहरी वरिष्ठ नायब निरीक्षक गगन शाही, सशस्त्र प्रहरी नायव निरीक्षक सहदेव सापकोटा, जम देबिन्द्र तामाङ, टीआरएस हिमालयका सुबास सुवेदी, जितेन्द्र रसाइली, एनआईटीडीबीका सागर सिंह पौडेल, भन्सार एजेण्ट संघका राज मान तामाङ, टीआरएसका प्रबन्धक गणेश घिमिरे, ग्रीन सिटीका उपाध्यक्ष सञ्जय शर्मा, सदस्यहरू रतन टेमानी, शुशिल कादमिया, राकेश अग्रवाल, त्रिलोकचन्द दारुका, सञ्चारकर्मी सुष्मिता यादव, प्रहरी हवल्दार प्रेम राम, सहायक हवल्दार अजिता घिमीरे, र प्रहरी जवान अमर सिंह साउद लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।