बिश्व वातावरण दिवसको पुर्व सन्ध्यामा प्रकृति सेवा प्रतिष्ठान नेपालद्वारा लगातार चौथो दिन साईकल रैलिको आयोजना गरि मनायो

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा मा. वी. को सहकार्यमा वातावरण दिवस २०८२ को अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तर्गत चौथो दिन बुधबार साइकल रैलिको आयोजन गरि जनचेतना फैलाएको छ।

सो कार्यक्रममा प्रमुख अतिथी समाजसेवी प्रकाश उपाध्याय ,प्रकृति सेवा प्रतिष्ठान, नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा श्री शारदा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, प्रतिष्ठानका सहसचिव अबिनाश झा, सदस्य भोला प्रसाद , केदार गुप्ता , एवं श्री शारदा विद्यालय बहुअरीका कक्षा ९ र १० का ४० विद्यार्थीहरु र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुर्ली वीरगन्जका कक्षा ९ र १० का २७ विद्यार्थीहरुको बाक्लो सहभागितामा रहेको थियो ।

सो जनचेतनामूलक साइकल रैली वीरगन्ज मुर्लिको नेरामावी बाट शुरु भएर श्री शारदा माविमा पुगेर अल्पविराम पश्चात् प्रमुख अतिथी उपाध्याय ,अध्यक्ष सिंह र शारदा विद्यालयका प्रधानाध्यापक बर्णवालले सन्युक्त रुपमा हरियो झण्डा देखाएर साइकल रैली  समुदघाटन गरेका थिए भने रैली त्यहाबाट हरपतगन्ज, सुगौली, अठराहा सुगौली,ड्राइपोर्ट हुँदै शारदा विद्यालय पुगेर समापन भएको थियो।

सो अवसरमा प्रमुख अतिथी उपाध्यायले मानिसको जन्म देखि मरणसम्म वातावरणले प्रत्येक पाइलामा हामिलाइ स्वस्थ्य रहन हावा ,पानी ,अन्न , फलफुल , बनस्पति , जडिबुटी लगायतका जिवनदायिनी सामाग्रीहरु निशुल्क उपलब्ध गराएकोमा यसको मान सम्मान सेवा,संरक्षण ,सम्बर्द्धन गर्नु हाम्रो दायित्व रहेकोमा जोड दिदै विद्यार्थी भाइबहिनिहरुलाइ उज्ज्वल भविस्यको शुभकामना दिदै प्रकृति सेवा प्रतिष्ठान र श्री शारदा विद्यालय परिवारलाइ आभार बधाई शुभकामना प्रकट गर्नु भयो ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष सिंहले “हरियो सफा र स्वस्थ वीरगन्ज,प्लास्टिक झोला, प्रदूषण मुक्त वीरगन्ज ,” धरतीलाई बचाऔं वातावरण लाई जोगाऔं ” को मुलमन्त्रलाइ आत्मसात गरि प्रतिष्ठानले प्रत्येक वर्ष झै विश्व  वातावरण दिवसको पुर्वसन्ध्यामा विगत ३ दिन देखि सर सफाइ र चौथो दिन आज साइकल रैली आयोजना गरि जनचेतना फैलाउने कार्यक्रम गरियो ।

सिंहले विभिन्न स्थानहरुमा कार्यक्रम मार्फत वातावरण प्रति हाम्रो जिम्मेवारीलाई व्यापक रुपमा विभिन्न  सचेतना कार्यक्रमको आयोजना गरि जनजागृती फैलाउने सम्मान गर्न संरक्षण गर्न आग्रह गरेको बताउदै  सहभागी सम्पुर्ण विद्यार्थीहरु, प्रधानाध्यापक , शिक्षकहरु एवं प्रतिष्ठानका पदाधिकारी सदस्यजन प्रती आभार ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...