अजित कुमार भुजेल , बिरगंज । मकवानपुर प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम लोक मार्ग सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको म १ प २१८ नं. को पर्यटक बसमा सवार भई आएका जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं. ५ बस्ने बर्ष २० को करण राय र ऐ.ऐ.बस्ने बर्ष २९ को उपेन्द्र रायभरलाई शंका लागी उक्त बसबाट ओराली रितपुर्वक खानतलासी गर्दा करण रायले बोकेको झोला भित्र रहेको VIVO लेखिएको मोवाईल चार्जर भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा १८ ग्राम १५० मिलिग्राम ला.औ.खैरो हेरोईन जस्तो पदार्थ फेला परेको हुँदा उक्त लागूऔषध बरामद गरी निजहरु करण राय र उपेन्द्र रायभरलाई नियन्त्रणमा लिई ला.औ.कसुर मुद्धामा थप अनुसन्धान कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।