बिरगंज कपडा बैंकद्वारा नया बर्षको अवसरमा बिरगंजको घन्टाघरमा निसुल्क कपडा बितरण गर्ने

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज  कपडा बैंकले बिरगंजको  घण्टाघरमा भोलि शुक्रबार दिनको ५:०० बजे निशुल्क कपडा वितरण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज  वडा न.८  बाट गरीब असहायलाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले चैत्र  २९ गते शुक्रवारको दिन दिउँसो  ५ :०० बजे घण्टाघरमा निशुल्क कपडा वितरण कार्यक्रमको आयोजना गरिने बिहीवार बसेको बैठकले निर्णय गरेको सचिव कन्हैया पटेलले जानकारी गराउनु भयो  ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा आज बसेको बैठकमा संस्थाका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी ,वरिष्ठ सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय ,सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताराजेश बरणवाल,सदस्यहरु अभिलाष गुप्ता,श्रवन बहादुर रायमाझी लगाएतकाको सहभागिता रहेको थियो ।

सो अवसरमा अध्यक्ष सिंह एवं सल्लाहकारद्वय प्रकाश उपाध्यायले हाम्रो काम दाताजनबाट पाएको कपडा लगायत सामाग्रीहरु आवश्यकतामा रहेका , आपतविपत्तिमा रहेका दिन दुखी असहायहरु सम्म पुर्याइदिने भएकोले हाम्रो श्रोतको माध्यम दाताहरु लाई उच्च सम्मान प्रकट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...