स्व . पत्रकार रजकको १३ औं पुण्यतिथिमा आज बिरगंजमा दिप प्रज्वलन

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा आज बिरगंजको घन्टाघर अगाडि दिप प्रज्वलन गरि श्रर्दान्जली कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको परिपत्र अनुसार देशव्यापी रुपमा भएको दोस्रो चयनको बिरोध कार्यक्रम  अन्तर्गत आज बुधबार बिरगंजमा दिप प्रज्वलन गरि श्रर्दान्जली सभा कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघ पर्साका सचिब बिजय चौहानले यहि चैत्र १५ गते काठमाडौंको तिनकुनेमा एभि न्युजका सहकर्मी पत्रकार सुरेश रजकको नेपालको ईतिहासमा पहिलो पटक निर्मन रुपमा जिउँदै आगजनि गरि  हत्या गरेको र सञ्चार गृहमा भएको तोडफोड तथा आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरु आज  बिरोधमा उत्रिएका थिए ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अगुवाईमा पर्साका सम्पुर्ण  सञ्चारकर्मीहरुले उक्त दिप प्रज्वलन कार्यक्रम गरेका थिए ।

नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले स्व. पत्रकार रजकको आत्माको चिरशान्तिको कामना गर्दै उपस्थित सम्पुर्ण पत्रकारहरुलाई १ मिनेटको मौन धारण गराई राजवादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार रजकको १३ औं पुण्यतिथीमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गएका थिए ।

  1. उक्त कार्यक्रममा पर्साका विभिन्न  मिडियाबाट आबद्ध  संचारकर्मीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...