ठाकुर राम क्याम्पसमा रोकिएको मतगणना छिटै सुचारु हुने , सर्बदलिय बैठकको निष्कर्ष

Date:

अजित कुमार भुजेल , बिरगंज । ठाकुर राम क्याम्पसमा रोकिएको मतगणना अब छिट्टै सुचारु हुने भएको छ।ठाकुर राम क्याम्पसमा सम्पन्न स्ववियु चुनावको रोकिएको मतगणना यथाशीघ्र सुचारु हुनुपर्ने विषयमा पर्साका प्रमुख राजनीतिक दलहरू एकमत भएका छन्।आज जिल्ला प्रशासन कार्यालय, पर्साले आफ्नो सभाहलमा आयोजना गरेको सर्वदलीय बैठकमा दलहरूले मतगणना प्रक्रिया निरन्तर गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्त ले फर्जी शैक्षिक प्रमाणपत्रको आधारमा विद्यार्थी भर्ना गर्ने गिरोहलाई कडा कारबाही गर्नुपर्ने र मतपेटिकाको नम्बर परिवर्तनसम्बन्धी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन्। साथै, बाकसमा खसिसकेको मतको सम्मानपूर्वक गन्ती गर्नुपर्नेमा कुनै द्विविधा नरहेको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ले दोषी जोसुकै भए पनि प्रशासन कारबाही गर्न पछि नपर्ने बताए। उनले फर्जी प्रमाणपत्रको आधारमा विद्यार्थी भर्ना गर्ने कार्यको जरासम्म पुगेर निर्मम कारबाही गरिने प्रतिबद्धता जनाए। मतपेटिका सुरक्षाका सन्दर्भमा पर्साका प्रहरी प्रमुख गौतम मिश्र र सशस्त्र प्रहरी बल १३ नं. गणका गणपति राधेश्याम धितालले कुनै गम्भीर त्रुटि नभएको स्पष्ट पारे।

बैठकमा एमाले पर्सा अध्यक्ष डा. विश्वम्भर शर्मा, नेपाली कांग्रेसका प्रवक्ता पाण्डे र नेता नवीन सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि पन्त, जसपाका सिंहासन तेली, तबरेज अहमद, माओवादीका प्रभाकर गुप्ता, समाजवादीका मनोज चौधरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...