ग्लोबल बिजनेस कलेजमा कबिता वाचन प्रतियोगिता सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । ग्लोबल बिजनेस कलेजमा आयोजित कविता वाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

यस प्रतियोगिताले विद्यार्थीहरूमा भाषिक क्षमता, आत्मविश्वास, सिर्जनात्मक अभिव्यक्ति तथा साहित्यिक रुचि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। कविता वाचनले विद्यार्थीहरूलाई भावनात्मक अभिव्यक्ति, श्रव्य कौशल तथा सार्वजनिक प्रस्तुति कला सुधार्न मद्दत गर्दछ, जसले भविष्यमा उनीहरूलाई व्यावसायिक तथा व्यक्तिगत जीवनमा प्रभावकारी रूपमा संवाद गर्न सक्षम बनाउँछ।

यस प्रतियोगितालाई अझ प्रभावकारी बनाउनका लागि न्यायाधीशका रूपमा आदरणीय प्रमोद पाण्डे र गीता भण्डारीको उपस्थितमा सम्पन्न भएको हो।

उक्त प्रतियोगितामा विजेताहरू प्रथम स्थान तुलाधर दास र अनिशा यादव,द्वितीय स्थान बिनिता साह र खालिद रेजा अन्सारी,तृतीय स्थान अमृता कुशवाहा र पूजा चौरसिया विजयी भएका थिए।

ग्लोबल बिजनेस कलेजका संचालक अशोक सरार्फले सबै विजयी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन धन्यवाद दिनुका साथै प्रतियोगितामा भाग लिने सम्पूर्ण विद्यार्थीहरूलाई उत्साह, समर्पण र प्रस्तुतिले यस प्रतियोगितालाई जीवन्त बनाएको भनि शुभकामना ब्यक्त समेत गरेका थिए।

उक्त कार्यक्रममा विशेष उपस्थिति दुर्गा म्याम, शिव पौडेल र सन्दीप सरलाई, जसले प्रतियोगितालाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको र निरन्तर मेहनत मार्गदर्शनका लागि विद्यालय परिवार हृदयदेखि आभार ब्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...