अन्तर्राष्ट्रिय क्षयरोग दिवसको अवसरमा बिरगंजमा रैलि तथा जनचेतनामूलक प्लेकार्ड प्रदर्शन

Date:

अजित कुमार भुजेल , बिरगंज । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा हो हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ ।

यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा समाजिक विकाश महाशाखाले जन चेतना मुलक रैली कार्यक्रम गरि विश्व क्षयरोग दिवस २०८१ मनाएको छ ।

वीरगन्ज महानगरपालिकाको आयोजना तथा विभिन्न सरोकारवालाहरुको सहयोगमा रैली कार्यक्रम गरिएको सुमनचन्द्र ठाकुरले जानकारी दिए ।वीरगन्जको घण्टाघरबाट निस्केको रैलीले नगरपरिक्रमा गर्नुका साथै जनचेतनामूलक नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...