बाराको बहुअरि नौतनमा भएको खुल्ला रक्तदान कार्यक्रममा २१ महिला सहित १०१ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । नयाँ बर्ष २०८२ को शुभ उपलक्ष्यमा सन्जु बाबा द्वारा आयोजित एवं स्वच्छ समाज यूवा क्लबको सहयोगमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

परवानीपुर गा.पा. वडा नम्बर -५ बहुअरी नौतन बारा स्थित शिवपार्वती तथा श्रीरामजानकी मन्दिरको परिसरमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथीमा वरिष्ठ परामर्शदाता रेडियोलोजिस्ट तथा समाजसेवी डा. शिवशंकर यादव, विशिष्ट अतिथि पूर्व केन्द्रिय उपाध्यक्ष नेपाल बार एशोसिएशन
<span;>रामचन्द्र सिंह राजपुत,स्वच्छ समाज युवा क्लबका अध्यक्ष भुपेन्द्र पटेल,बारा निर्वाचन क्षेत्र-४ ज.स.पा. नेपाल एवम् कार्यक्रम संयोजक सन्जु साह,युवा समाजसेवी तथा नेपाल प्रहरीका वरिष्ठ सई तेज प्रताप सिंह राजपुत,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल,कपडा बैंकका अध्यक्ष लालबाबू सिंह ,  सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका सचिव श्रवन बहादुर रायमाझी  लगायतकाहरुको विशेष उपस्थिति रहेको थियो।

सो आयोजित रक्तदान कार्यक्रममा २१ महिला सहित १०१ जनाले आफ्‌नो अमुल्य रक्तदान गरेका थिए । सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए ।

आजको रक्तदान कार्यक्रममा रक्तदान गर्नहुनेहरुमा नितु पटेल , देव प्रकाश पटेल , अनिल कुमार  ,रञ्जन साह , सर्वेश कुमार,रत्कुमार सिंह,रामजी, सन्दीप यादव,उपेन्द्र कुमार , भिखारी कानु ,  रबुप्रसाद कानु, रोशन, रामबिनय मन्डल,  बिकास कुमार रौनियार, दिनेश प्रसाद , दिपेन्द्र सिंह लगायतकाहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए ।

नेपाल रक्तसंचार केन्द्र बिरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र बिरगंजका जितेन्द्र कुशवाहा,लिलाधर साहको प्राविधिक सहयोगले सम्पन्न भएको थियो भने  उक्त कार्यक्रम सन्चालन पत्रकार आनन्द पटेलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...