बिरगंज महानगरको आयोजनामा दावते ए ईफतार समारोह सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिकाले आयोजना गरेको दावत ए इफतार समारोह सम्पन्न भएको छ।

इस्लाम धर्मावलम्बीको पवित्र पर्ब रमजानको रोजा बसेका रोजेदार  मुस्लिम धर्मावलम्बीहरुका लागि शुक्रबार साँझ बिरगंज  महानगरपालिकाले  संयुक्त इफ्तारी समारोह सम्पन्न भएको हो ।

आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजित संयुक्त इफ्तारी बिरगंज  महानगरपालिकाका ३२ वटै वडाबाट गरी ५ हजार भन्दा बढी मुस्लिम धर्मावलम्बीहरु सहभागीता रहेको थियो। उक्त इफतार समारोहमा  सहभागी मुस्लिम धर्मावलम्बीहरुलाई महानगरपालिकाले विभिन्न परिकारका साथै जलपान ग्रहण पनि गराएको थियो ।

संयुक्त इफतारी समारोहमा आँफै पुगेर मेयर सिंहले मुस्लिम धर्मावलम्बीहरुलाई रमजान पर्बको शुभकामना आदान प्रदानपनि गरे ।मेयर सिंहले आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न आँफु हिन्दु धर्मावलम्बी भएतापनि मुस्लिमहरुको मुख्य पर्ब रमजानको उपलक्ष्यमा इफ्तार आयोजना गरिएको बताए ।

त्यसै गरि बिरगंज महानगर पालिकाका उप प्रमुख इम्तियाज आलम ले आपसी सद्भाव कायम रहोस र एक अर्काको धर्म र पर्बप्रति सम्मान गर्दै आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा महानगरपालिकाले तीन बर्षदेखि निरन्तर रमजानमा संयुक्त इफ्तारी समारोह आयोजना गर्दै आएको उप प्रमुख इम्तियाज आलमले  बताए ।

इफ्तारी समारोहमा महानगरका प्रमुख रजेशमान सिंह ,  उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, विभिन्न वडाका वडाध्यक्षहरु,अन्य धर्मका अगुवा  महानगरपालिकाका कर्मचारी लगायतको पनि सहभागिता रहेकोे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...