चितवनमा जारि राष्ट्रिय स्तरको पूंजीबजार हाजरि जवाफ प्रतियोगिताको उपाधि बिरगंज पब्लिक कलेजलाई

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज पब्लिक कलेज राष्ट्रिय स्तरको पूँजीबजार हाजरी जवाफ प्रतियोगितामा बिजयीको उपाधि जित्न सफल भएको छ ।

चितवनमा आयोजित राष्ट्रिय स्तरको पूँजीबजार हाजरी जवाफ प्रतियोगितामा बिरगंज पब्लिक कलेज, बिरगंजका विद्यार्थीहरूले उत्कृष्ठ प्रदर्शन गर्दै विजेताको उपाधि हासिल गरेका छन्।

नेपाल धितोपत्र बोर्डद्वारा आयोजित उक्त प्रतियोगितामा २७ कलेजका विभिन्न टोलीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितालाई MBAN, SBAN, ICRA नेपाल, INFO MERICS, CARE RATING NPEA लगायत संस्थाहरूले समर्थन गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट ज्ञान र प्रस्तुति प्रदर्शन गर्दै बिरगंज पब्लिक कलेजका विद्यार्थीहरूले आफ्नो दक्षता प्रमाणित गरेका हुन्। कलेजको यो उपलब्धिले व्यवस्थापन तथा वित्तीय शिक्षामा नयाँ उचाइ थप्ने विश्वास लिइएको छ।

बिजेता टोलीलाई विशेष सम्मान प्रदान गर्दै आयोजकहरूले विद्यार्थीहरूको ज्ञान अभिवृद्धिमा यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

डि’ चिल्ड्रेन गार्डेन मन्टेसरीद्वारा दुई जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पर्सा पोस्ट , असार ०४ गते , वीरगञ्ज । वीरगञ्जस्थित...

बिरगंजमा एथरको नयाँ एक्सपिरियन्स सेन्टर संचालनमा , आधुनिक ई- स्कुटरप्रति बढ्दो आकर्षण

पर्सा पोस्ट , असार ०४ गते , वीरगञ्ज । प्रिमियम...

सहानुभूति , प्रेम र करुणा बिना जीवन अधुरो : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०४ गते , रक्सौल, पूर्वी...