बिपिसि कलेजको आयोजनामा तथा राउन्ड टेबलको सहकार्यमा रक्तदान कार्यक्रम सम्पुर्ण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज पब्लिक कलेज र राउन्ड टेबल नेपालको संयुक्त आयोजनामा बिरगंज  पब्लिक कलेजको सभाहलमा रक्तदान (Blood Donation) कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी, पर्सा रक्तसञ्चार सेवा केन्द्रसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा २७ महिला सहित १०१ जनाले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पर्साका अध्यक्ष बृजकिशाेर पटेल, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्य, राउन्ड टेबल नेपालका बिकाश अग्रवाल, दिपल खन्कना, बिरगंज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठ, कोअर्डिनेटर डा. बासु कर्ण, पत्रकार अभिलाष गुप्ता , बिरगंज पब्लिक कलेजमा अध्ययनरत छात्र र छात्राहरूको बाक्लो उपस्थिति रहेको थियो ।

आजको रक्तदान कार्यक्रममा रक्तदान गर्नहुनेहरुमा अभिषेक वर्मा,रोहन सहनी,यमन दाहाल,मरियम खातुन , प्रकाश कुमार शर्मा,दिपिका महतो,अर्चना गुप्ता,श्याम पटेल , आरव कुशवाहा,सागर सिन्हा,आदित्य, रवि गुप्ता,राहुल पटेल,सुरज पटेल,सुशील,सोनी यादव,हर्षित चौधरी, मनिष चौरसिया,प्रेरणा साह लगायतकाले आफ्नो अमुल्य रक्तदान गरेका थिए  ।

नेपाल रक्तसंचार केन्द्र बिरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...