अजित कुमार भुजेल , बिरगंज । जनता सङ्ग माओवादी कार्यक्रम तराईको झापा देखि कन्चनपुर सम्मको हुलाकी राजमार्ग केन्द्रिय मधेस जागरण अभियान अन्तर्गत बुधबार सो टोलि बारा जिल्ला आईपुगेका छन ।
आज बारा जिल्लाको सिमरामा पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) लाई सभ्य रुपमा स्थानीय जनताले स्वागत गरेका थिए ।
नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियानका क्रममा बारा पुगेका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड सहित टोलिमा वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ , उपाध्यक्ष अग्नि प्रसाद सापकोटा , उपमहासचिव मातृका प्रसाद यादव लगायतका नेताहरु आज बाराको सिम्रोनगढ सलेमपुर स्थित महान सहिद अच्छेलाल प्रसाद कुशवाहको घरमा बास बसेका छन् ।
तराई मधेस जागरण अभियान अन्तर्गत जनता सङ्ग माओवादी टोलि चैत्र ७ गते बिहीवार पर्सा जिल्ला आउने कार्यक्रम रहेको छ । बिहीवार दिउँसो ३:३० बजे देखि ५ बजेसम्म स्वागत कार्यक्रम श्री नर्सिङ्ग माबी लक्ष्मणवा बिरगंज -१५ मा स्थानीय नेता कार्यकर्ता , विद्यार्थी , स्थानीय समुदाय लगायतसङ्ग भेटघाट र त्यहाका समस्याहरु प्रत्यक्ष रुपमा बुझ्नु हुने छ ।
त्यसै गरि चैत्र ८ गते शुक्रबार जागरण टोलिद्वारा बिहान ५:३० बजे मर्निङ्ग वाक सिप्रदी गेट बहुवरी -१४ बाट घन्टाघर , मकालु चौक आदर्शनगर चौक , घडिअर्वा , माईस्थान चौक स्थानीय जनता , नेता कार्यकर्ता र मिडियाको समेत सहभागिता रहने छ ।
बिहान ६:३० बजे चियापान कार्यक्रम बब्लु चिया पसल आदर्शनगर त्यसपछि ९ बजेदेखि ११ बजेसम्म अन्तरक्रिया कार्यक्रम नागरिक समाजसङ्ग डायमन्ड पार्टी प्यालेस पानीटन्कीमा र ११ देखि ११:३० बजे पत्रकार सम्मेलन राष्ट्रिय र स्थानीय मिडियाका प्रतिनिधिहरु सङ सोही स्थानमा , ११:३० बजे पछी बहुअर्वा भाटा प्रस्थान १ :०० देखि २:३० बजे अपरान्ह जनसभा पार्टी नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदाय बीच , २:३० बजेपछि ठोरी आठघरे प्रस्थान , ३ :००देखि ४:०० बजे जनसभा ठोरी आठघरे पार्टी नेता , कार्यकर्ता तथा स्थानीय जनसमुदायलाई सम्बोधन गर्ने र ४:०० बजे पछी चितवन जाने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र पर्साले जनाएको छ ।