निजि बिधालयका सन्चालकहरुले लगाएको झुटा मुद्दा तत्काल फिर्ता लिन अभिभावक संघ नेपाल , केन्द्रिय समितिले बिज्ञप्ति मार्फत चेतावनी

Date:

अजित कुमार भुजेल ,बिरगंज ।अभिभावक संघ नेपाल,केन्द्रीय समितिले पर्सा जिल्लाका अध्यक्ष सन्दिप शाहमाथि निजी विद्यालय संचालकहरूले लगाएको झुटा मुद्दा तत्काल फिर्ता लिन चेतावनी दिएको छ। संघले यस्तो नगरे अप्रिय निर्णय लिन बाध्य हुने बताएको छ।

संघले जारी गरेको विज्ञप्तिमा पर्सा जिल्लाका अध्यक्ष सन्दिप शाहले अभिभावकको हितका लागि निजी विद्यालयको ज्यादती विरुद्ध आवाज उठाउँदा उनीमाथि झुटा आरोप लगाएर मुद्दा दायर गरिएको उल्लेख छ
अभिभावक संघ नेपालले यस घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

“अभिभावक संघ नेपाल आम अभिभावकको वर्गीय हकहित र समग्र शैक्षिक सुधारको निमित्त बहस पैरवी गर्ने, उपयुक्त शैक्षिक नीति तर्जुमा गर्न पहल गर्ने साथै शिक्षा क्षेत्रका विकृति विसंगति अन्त्य गर्न नैतिक दवाव श्रृजना गर्न गठित संस्था हो,” विज्ञप्तिमा भनिएको छ, “यसै सिलसिलामा पर्सा जिल्लाका अध्यक्ष सन्दिप शाहले अभिभावकको हितका लागि काम गर्दा उहाँमाथि झुटा मुद्दा लगाइएको छ, यसलाई हामीले गम्भीर रुपमा लिएका छौं।”

संघले तत्काल मुद्दा फिर्ता लिन सम्बन्धित निकायलाई आग्रह गरेको छ। अन्यथा, अभिभावक संघ नेपाल त्यस्ता क्रियाकलापका विरुद्ध बाध्य भएर अप्रिय निर्णय गर्न बाध्य हुने चेतावनी दिएको छ।

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले हस्ताक्षर गरेको विज्ञप्तिमा यस घटनाले अभिभावकको हकहितका लागि काम गर्नेहरूलाई निरुत्साहित पार्ने प्रयास भएको उल्लेख छ।

“हामी अभिभावकको हकहितका लागि सधैं आवाज उठाइरहने छौं, कसैको दबाब र धम्कीबाट हामी पछि हट्ने छैनौं,” पुरीले भने।

यस घटनाले नेपालको शैक्षिक क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई उजागर गरेको छ। अभिभावक संघ नेपालले यस घटनालाई गम्भीरतापूर्वक लिएको र यसको समाधानका लागि पहल गर्ने जनाएको छ।

अध्यक्ष सन्दिप शाहमाथि गौतम स्कुलका संचालक सोनम लामाले साईबर मुदा दिएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...