बिरगंजका एक हिन्दू युवाले आपसी सद्भभाव र धर्मको सम्मान गर्दै सामुहिक ईफ्तारि कार्यक्रमको आयोजना गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा बिरगंजका एक हिन्दू युवाले सामूहिक इफ्तारीको आयोजना गरेका छन् ।

आपसी भाईचारा अभिबृद्धि गर्ने उद्देश्यले  बिरगंज आदर्शनगरस्थित बालाजी टि स्टलका संचालक  प्रेम कुमार गुप्ताले इस्लाम धर्मावलम्बीहरुका लागि इफ्तारको प्रबन्ध मिलाएका हुन् । आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्नका लागि मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा शनिबार साँझ इफ्तारी गराइएको गुप्ताले बताउनु भएको हो।

बालाजी टि स्टलका संचालक  प्रेम कुमार गुप्ताले आयोजना गरेको इफतारमा मुस्लिम तथा हिन्दू समूदायका उल्लेख्य व्यक्तिको सहभागिता रहेको थियो । फरक धर्म संस्कृतिको सम्मान गर्दै धार्मीक सहिष्णुता कायम राख्न आफूले सानो प्रयास गरेको गुप्ताले बताउनु भयो। यस्तो कार्यले समाजमा सकारात्मक असर पर्ने त्यहा उपस्थित अगुवाहरुको भनाई थियोे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...