फोनिज मधेस प्रदेशको पाँचौ साधारणसभामा ४ जना फोनिज पत्रकार पुरस्कृत

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) मधेस प्रदेशको पाँचौ साधारणसभा सम्पन्न भएको छ ।

फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यान्त चौधरीको अध्यक्षता तथा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा बाराको कोल्हवीमा शनिबार आयोजित एक समारोहका वीच साधारण सम्पन्न भएको हो । 

साधारणसभामा प्रमुख अतिथि मण्डल, विशिष्ट अतिथि फोनिज संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा, महासचिव समीर बलामी, मधेस प्रदेश साँसदहरु त्रिलोकी चौधरी, देवनारायण चौधरी मन्जु थापा मगर , कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी,नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा,फोनिज मधेस प्रदेश इन्चार्ज एवम् प्रेस सेन्टरका प्रदेश अध्यक्ष  निरज पिठाकोटे , नागरिक उन्मुक्ति पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र् चौधरी , नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ , तामाङ पत्रकार संघका केन्द्रिय सदस्य राजु लो तामाङ लगायतकाले  सुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त समारोह फोनिज मधेस प्रदेशद्वारा स्थापना गरेको क्रिएटिभ क्रियाशिल पत्रकारिता पुरस्कार र देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार समेत बितरण गरेको थियो

पुरस्कारबाट ४ जना  पत्रकार सम्मानित भएका थिए ।सत्य प्रसाद श्रेष्ठ र रिना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार र क्रिएटिभ क्रयाशिल पत्र्कारिता पुरस्कारबाट डम्बर राई र लक्ष्मी चौधरी पुरस्कुत भएका हुन । चारै जना पुरस्कृत पत्रकारहरुलाई १० हजार नगद राशी सहित सम्मानपत्र , दोसल्ला , मालाद्वारा सम्मानित भएका थिए ।

उक्त साधारणसभाबाट महासचिव बृजमान तामाङद्वारा प्रस्तुत सागठनिक एवम् भावी नीति तथा कार्यक्रम र कोषाध्यक्ष ज्योति लामा तामाङद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन सर्वसम्मत पारित भएको थियो ।

साधारणसभाले पुन: दुष्यान्त चौधरीको नेतृत्वमा रहेका प्रदेश समितिलाई  विस्तार गरि १७ सदस्यीय बनाइएको छ ।

स्वागत मन्तव्य फोनिज रौतहटका अध्यक्ष बिजेन्द्र कुमार श्रेष्ले र कार्यक्रम सन्चालन मधेस प्रदेशका महासचिव बृजमान तामाङले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...