प्याब्सन जुनियर फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नवदिप , लिटिल फ्लावर , ज्ञान ज्योति र ठोरि एकेडेमी बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज । प्याब्सन पर्साले आयोजना गरेको प्याब्सन राज होजियारि जुनियर फुटबल नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको पहिलो खेल सफल एकेडेमी र नवदिप एकेडेमी बीच भएको खेलमा नवदिप एकेडेमी १-० ले बिजयी भएको छ । खेलको म्यान अफ दि म्याच नवदिप एकेडेमीका अकलेस ठाकुर घोषित भएका थिए ।

आजै भएको दोस्रो खेल लिटिल फ्लावर र एमईएस स्कुल बीच भएको खेलमा लिटिल फ्लावर ८-० ले बिजयी भएको छ भने खेलको म्यान अफ दि म्याच अर्यान मण्डल घोषित भएका थिए ।

तेस्रो खेल  लिटिल एन्जल्स र ज्ञानज्योति बीच भएको खेलमा ज्ञानज्योति १-० ले बिजयी भएको थियो ।सो खेलको म्यान अफ दि म्याच ज्ञानज्योतिका अन्कित कुशवाह घोषित भए ।

चौथो खेलमा ठोरि एकेडेमी बिजयी भएको छ । ब्लु हेबन र ठोरि एकेडेमी बीच भएको खेलमा ठोरि एकेडेमी ८-० को अन्तरले ठोरि एकेडेमी बिजयी भएका थिए । सो खेलमा ठोरि एकेडेमीका आनन्द परियार म्यान अफ दि म्याच घोषित भएका थिए ।

म्यान अफ दि म्याच घोषित सबैलाई जनही नगद ५०० का दरले सम्मानित गरिएको फुटबल सन्योजक प्रबीण चौधरीले जानकारि  दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्सा पछाडिको प्रदेश विपद व्यावस्थापन गुल्मको खेल मैदानमा फुटबल खेल जारी रहेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...