बिहीबार भएको नवौ प्याब्सन T-20 नकाउट क्रिक्रेट प्रतियोगिता खेलमा गुरुकुल , लिटिल एन्जल्स र बिकोन स्कुल बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज ।आज बिहीबार भएको नवौ प्याब्सन नेपाल मेडिसिटि ईन्टर स्कुल T-२० नकाउट  क्रिक्रेट प्रतियोगिता-२०८१ को पहिलो खेल गुरुकुल र माउण्ड एडमण्ड बीच भएको खेलमा ११ रनले गुरुकुल बिजयी भएको छ ।

गुरुकुल एकेडेमीले टस जिति पहिलो  ब्याटिङ्ग रोज्दै ५ विकेटको क्षतिमा ११९ रन बनाउन सफल भएको थियो  भने १२० रनको लक्ष्य सहित मैदानमा उत्रिएका माउण्ड एडमण्डले ९ विकेट गुमाई १०८ रन मात्रमा सिमित भएका थिए ।

आजको खेलको प्लेयर अफ दि म्याच गुरुकुलका साजिद अन्सारी घोषित भएका थिए ।

दोस्रो खेल नेपाल काबेरी र लिटिल एन्जल्स बीच भएको खेलमा लिटिल एन्जल्स ८६ रनले बिजयी भएको छ , सो खेलमा लिटिल एन्जल्सका कृष्णा सह प्लेयर अफ दि म्याच घोषित भएका थिए।

तेस्रो खेल हिमालयन प्यारामिड र बिकोन स्कुल बीच भएको खेलमा  बिकोन स्कुल ७ विकेटले बिजयी भएको छ । सो खेलमा प्लेयर अफ दि म्याच बिकोन स्कुलका साहिद मिया घोषित भएका थिए , उनिहरुलाई जनही १००० नगद सहित सम्मानित समेत गरिएको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगन्जमा बैशाख १ गते ” हनुमान आराधना तथा महाआरति ” आयोजना हुने

पर्सा पोस्ट, चैत ३० गते, वीरगञ्ज । वीरगञ्जमा नयाँ वर्षको...

नारायणी अस्पतालमा २४ औं महिनासम्म निरन्तर नि:सुल्क भोजन सेवा सम्पन्न

पर्सा पोस्ट, चैत २८ गते, वीरगञ्ज । वीरगञ्ज समाज सेवाको...

विरगंज वडा न. ८ को नवनिर्मित कार्यालय भवन उद्घाटन , सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा

पर्सा पोस्ट, चैत २७ गते, वीरगंज । वीरगंज महानगरपालिका वडा...