अजित कुमार भुजेल , बिरगंज । आज बिहिवार एक कार्यक्रमको आयोजना गरि पर्सा जिल्लाको नेपाल रेडक्रस सोसाइटीका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण तथा प्रतिबद्धता कार्यक्रम शाखाको सभाहलमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रबाट आएका केन्द्रिय सदस्य एवम् निर्वाचन अधिकारी नारायण
तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो।
पर्सा जिल्ला शाखामा नयाँ कार्य समितिमा सभापतिमा बृज किशोर पटेल,महिला उपसभापति श्रीमती मधु राणा,उपसभापतिमा भगवती प्रसाद चौधरी,मन्त्रीमा बिनोद गिरि,कोषाध्यक्षमा दया शंकर सिंह राजपुत,उपकोषाध्यक्ष पबित्रा गजुरेल तथा सदस्यहरुमा शिवनाथ प्रसाद यादव,दिनानाथ रौनियार,मदन प्रसाद साह कानु,जितेन्द्र कुमार वर्मा,बाबुनन्द प्रसाद चौरसिया,
राजेश्वर प्रसाद चौरसिया,अलि असगर देवान तथा महिला सदस्यहरुमा मुना कुमारी खनाल,कबिता खडका,बबिता कुमारी कानु लगायतकाहरु निर्वाचित पदाधिकारीलाई फुलको माला एवं टीका लगाई नेपाल रेडक्रस सोसाइटी केन्द्रबाट आएका केन्द्रिय सदस्य एवम् निर्वाचन अधिकारी नारायण तिमिल्सिनाले सबै नयाँ कार्य समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरि सपथग्रहण गराएका थिए।
निबर्तमान सभापति बिरेन्द्र राज कंडेलले सम्पुर्ण निर्वाचित पदाधिकारीहरुलाई गम्छा ओढाई सम्मान गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराएका थिए।
स्वागत प्रतिबद्धता मन्तव्य सभापति बृजकिशोर पटेलले गरेका थिए भने
नव निर्वाचित पदाधिकारीहरुलाई बधाई एवम् शुभकामना व्यक्त निबर्तमान सभापति बिरेन्द्र राज कंडेलले गर्नु भएको थियोे।
सो कार्यक्रममा विभिन्न उपशाखाबाट आएका पदाधिकारीहरु,रेडक्रसकर्मीहरु , पत्रकार,शाखाका सौरभराज पाण्डे,लक्ष्मी राउत,मिना क्षेत्री , राजन श्रीवास्तव,मनिष गुप्ता लगायतकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।
सो कार्यक्रम संचालन नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यालय प्रमुख बिरसम्सेर कुर्मीले गरेका थिए।