प्याब्सन बिरगंज यू-१२ ईन्टर स्कुल नकाउट क्रिक्रेट टुर्नामेन्टको बिहीबार भएको खेलमा ओम नेशनल , गौतम , विद्यासागर , कालिकामाई ,अल्पाईन स्कुल बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज । प्याब्सन बिरगंज महानगर समितिको आयोजना भएको प्याब्सन बिरगंज यु-१२ ईन्टर स्कुल नकाउट क्रिक्रेट  टुर्नामेन्ट -२०८१ अन्तर्गत बिहीबार भएको गर्ल्सको पहिलो खेलमा जीवन ज्योति र ओम नेशनल  बीच भएको खेलमा ओम नेशनल स्कुल ८ बिकेटले  बिजयी भएको छ ।

जीवन ज्योतिले टस जिति ब्याडिङ्ग  रोजेका थिए । जीवन ज्योति ४ विकेटको क्षतिमा ४७  रन बनाएका थिए भने ओम नेशनलले  ८ बिकेटले  बिजयी भएका थिए। सो खेलको म्यान अफ द म्याच ओम नेशनल स्कुलकि  प्रिया क्षेत्री  घोषित भएकि थिईन ।

त्यसैगरि दोस्रो खेल पनि गर्ल्सको  गौतम स्कुल र माउन्ट मकालु  बीच भएको खेलमा गौतम  स्कुल १० विकेटले  बिजयी भएको छ । माउन्ट मकालु स्कुलले टस जिति ब्याटिङ्ग गर्दै ८ ओभरमा ९ विकेटको क्षतिमा ४६ रन बनाएका थिए । गौतम स्कुलले ८ ओभरमा कुनै विकेट नगुमाई १० विकेटले गौतम स्कुल  बिजयी भएको छ । सो खेलको म्यान अफ दि म्याच गौतम स्कुलकि सुरेखा बस्नेत घोषित भएकि थिईन ।

त्यस्रो खेल ब्वाईजको विद्या सागर र मुनलाईट स्कुल बीच भएको खेलमा बिधासागर स्कुल ७ विकेटले बिजयी भएको छ । विद्यासागर स्कुलले टस जितेको भएपनि बलिङ्ग रोजेका थिए । मुनलाईट स्कुलले पहिलो ब्याडिङ्ग गर्दै १० ओभरमा ७ बिकेट गुमाएर ११२ रन जोडेका थिए भने ११३  रनको लक्ष्य लिएका विद्यासागर  स्कुलले ७ बिकेटले बिजयी भएको छ । सो खेलमा विद्यासागर स्कुलका कबिर मिया म्यान अफ दि म्याच घोषित भएका थिए ।

चौथो खेल ब्वाईज तर्फ कालिका एकेडेमी र एसआर ग्यालेक्सी स्कुल बीच भएको खेलमा  कालिका एकेडेमी २५ रनले बिजयी भएको छ ।  टस एसआर ग्यालेक्सीले जिते पनि एसआर ग्यालेक्सीले बलिङ्ग रोजेका थिए ।कालिका एकेडेमीले पहिलो ब्याडिङ्ग  गर्दै २५ रनले  बिजयी भएको छ । सो खेलमा कालिका एकेडेमीका सोनु कुमार  म्यान अफ दि म्याच घोषित भएका थिए ।

पाँचौ खेल गुर्ल्स तर्फ मनकामना र अल्पाईन स्कुल बीच भएको थियो । अल्पाईन स्कुल १० विकेटले बिजयी भएको छ । अल्पाईन स्कुलले टस जितेपनि मनकामना स्कुललाई ब्याटिङ्ग गर्न दिएको र आफुले बलिङ्ग रोजेका थिए ।मनकामना स्कुलले ८ ओभरमा ० विकेटको क्षतिमा ४७ रन बनाएका थिए भने अल्पाइन स्कुलले ५ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाई बिजयी भएका थिए । सो खेलको म्यान अफ दि म्याच अल्पाईन स्कुलकि प्रजिता मिश्रा घोषित भएकि थिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...