९ औं प्याब्सन क्रिक्रेट प्रतियोगिता बुधबार तिन खेल सम्पन्न , मुनलाईटको उत्कृष्ट प्रदर्सन

Date:

अजित कुमार भुजेल , वीरगञ्ज । ९औं प्याब्सन नेपाल मेडिसिटी इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत पहिलो दिनका खेल सम्पन्न भएका छन् । वीरगञ्जमा जारी प्रतियोगितामा आज तीन वटा खेल खेलेका थिए ।

पहिलो खेलमा गोल्डेन फ्युचर र म्यारिगोल्ड भिडेका थिए । टस जितेर म्यारिगोल्डले पहिला बलिङ गर्ने निर्णय गरेको थियो । टस हारेर ब्याटिङ गरेको गोल्डेन फ्युचरले ८ विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो। जवाफमा म्यारिगोल्ड ८० रनमै समेटिएपछि गोल्डेन फ्युचरले ३१ रनको जित हासिल ग-यो । उस्मान अन्सारी म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा मूनलाइट र कञ्चनजङ्घा प्रतिस्पर्धा गरेका थिए । कञ्चनजङ्घाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि मूनलाइटले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै २३० रनको विशाल लक्ष्य प्रस्तुत ग-यो । मूनलाइटका लागि सेराजुल हवारीले उत्कृष्ट प्रदर्शन गरे ।

उनले ६० बलमा १५ चौका र १२ छक्काको मद्दतले १५५ रन बनाउँदै नटआउट रहे । २३१ रनको लक्ष्य लिएर मैदान उत्रिएको कञ्चनजङ्घा मात्र ३३ रनमै समेटिएपछि मूनलाइटले १९७ रनको फराकिलो जित दर्ता ग-यो । सेराजुल हवारी खेलका उत्कृष्ट खेलाडी घोषित भएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए । ।

तेस्रो खेल डीएभी र ज्ञान ज्योति बीच भएको थियो। टस जितेर ज्ञान ज्योतिले पहिला फिल्डिङ गर्ने निर्णय ग-यो । डीएभीले ८९ रन बनाएको थियो । ९० रनको लक्ष्य ज्ञान ज्योतिले ७ ओभरमै मात्र १ विकेट गुमाउँदै पूरा गर्दै सहज जित हासिल ग-यो। दिवाकर झा प्लेयर अफ द म्याच घोषित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...