नेपाल रेडक्रस सोसाइटी पर्साको सभापतिमा वृजकिशोर पटेल निर्वाचित

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाइटी पर्साको ५३ औं जिल्ला अधिवेशनको आज भएको निर्वाचनमा नयाँ नेतृत्व चयन प्रक्रिया पूरा भएको छ।

उक्त निर्वाचनबाट नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको जिल्ला सभापतिमा बृजकिशोर पटेलले बाजि मारेका छन।

नयाँ नेतृत्व चयनका लागी आज बुधबार विहान ९ बजे देखि मतदान सुचारु भएको हो। उक्त मतदान जिल्ला शाखा पर्साको सभाहलमा सम्पन्न भएको थियोे।

उक्त मतदान सकिए लगत्तै मतगणना भएको थियोे। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अनुसार नयाँ नेतृत्वका लागि यस पटक दुइवटा प्यानल बिच भीडन्त भएको थियोे।

यसपाली सभापतिमा बिरेन्द्रराज कँडेल र बृजकिशोर पटेलको प्यानल बिच नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा भएको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराएका थिए।

यस निर्वाचनमा पर्सा शाखामा १३४ जना सभासद (मतदाता) रहेका छन। भने ती मधे ग्रामिण भेगबाट १४ वटा उपशाखाहरु तथा महानगरपालिकाबाट ८ वटा उपशाखाहरु गरी कुल २२ वटा उपशाखाहरु रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका उप-शाखाका गुप्ताले जानकारी गराएका थिए।

महिला उपसभापति श्रीमती मधु राणा,उपसभापतिमा भगवती प्रसाद चौधरी,मन्त्रीमा बिनोद गिरि,कोषाध्यक्षमा दया शंकर सिंह राजपुत,उपमन्त्री साबिर अहमद एराज,उपकोषाध्यक्ष पबित्रा गजुरेल तथा सदस्यहरुमा शिवनाथ प्रसाद यादव,दिनानाथ रौनियार,मदन प्रसाद सा कानु,जितेन्द्र कुमार वर्मा,बाबुनन्द प्रसाद चौरसिया,राजेश्वर प्रसाद चौरसिया,अलि असगर देवान तथा महिला सदस्यहरुमा कबिता खडका,मुना कुमारी खनाल,बबिता कुमारी कानु लगाएतकाहरु निर्वाचित भएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...