एच . पि. भि. खोप अभियान २०८१ अन्तर्गत वडा खोप समन्वय समितिको अभिमुखिकरण तथा बहस पैरवी बैठक सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा बिरगंज पर्साको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केद्र छपकैया-२ मा एच.पि.भि .को खोप अभियान २०८१ अन्तर्गत बिरगंज महानगर पालिकाको वडा  खोप समन्वय समितिको अभिमुखिकरण तथा बहस पैरवी बैठक मंगलवार सम्पन्न भएको छ ।

बिरगंज महानगर पालिका आधारभूत स्वास्थ्य सेवा केन्द्र छ्पकैया-२ मा वडा न.२ का वडा अध्यक्ष महम्मद रेयाज मिया तेलिको अध्यक्षतामा वडा खोप समन्वय  समितिलाई पाठेघरको मुखको क्यान्सर ( H.P.V.) खोपको बारे जानकारी गराईएको थियो ।

सो खोप दिने लक्षित समुह , मात्रा , दिने बिधि र कहिले कुन कुन स्थानमा हुने समेतको जानकारी गराईएको थियो । यसमा सबैको साथ सहयोगको पनि अपेक्षा रहेको सो कार्यक्रममा जानकारी गराएका थिए ।

पहिलो बर्ष अभियानको रुपमा सन्चालन गरिने एच. पि. भि. खोप कार्यक्रमको लक्षित समुह विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरु र विद्यालय नजाने १० बर्ष देखि १४ बर्षसम्म उमेरका किशोरीहरुलाई यो खोप दिइन्छ , यो उमेरका अधिकान्स किशोरीहरु विद्यालयमा अध्ययन गर्ने भएकोले खोप सेवा मुख्यत : विद्यालय केन्द्रित हुने जानकारी गराईएको थियो  ।

आजको कार्यक्रममा खोप दिने बारे समेत जानकारी गराईएको थियो । यो खोप दिनु भन्दा अगाडि खोप भायललाई राम्रोसँग हल्लाएर , भायलमा भएका सबै तत्व घुलेको सुनिश्चित गर्नु पर्दछ । यो खोप भायल हल्लाएपछि एकैनासको हल्का सेतो झोल हुनु पर्दछ ।यदि यो खोपको रङ्ग परिवर्तन भएको देखिएमा प्रयोग  गर्नु हुदैन ।यो खोपको एक मात्रा ०.५ मिलि हो । यो खोप सुईको माध्यमबाट बायाँ पाखुराको माथिल्लो बीच बाहिरि  भागमा मासु भित्र दिनु पर्ने जानकारी उपस्थितहरुलाई गराईएको थियो ।

सरकारी तथा निजि विद्यालयहरु सबै वडा न. २ मा रहेका ५ स्कुल  र वडा न. ४ मा रहेका  ६  स्कुलमा नेपाल सरकारले यहि मिती २०८१ साल माघ २२ गते देखि फागुन ६ गते सम्म सन्चालन हुने भएकोले सबै स्कुललाई पत्रचार समेत गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र छपकैया-२ का ईन्चार्ज भुषण प्रसाद यादवले जानकारी गराउनु भयो ।

सो कार्यक्रममा वडा न.२ का वडा सदस्य मो. बसिर मिया हजाम , अब्दुल लतिफ मिया , महिला वडा सदस्य संगिता थापा , रम्भा देबि , वडा सचिव कासिम शेष , शिक्षिका बिना चौलागाईं , समाजसेबि प्रबिण बिक्रम शाह , व्यापारी अफरोज मिया , सारदा थापा , उसमान मिया , पत्रकार अजित भुजेल , म. सा. स्वा. स्व . सेबिका पुस्पा सिंह , अनमी श्रीमती ईसरत जहाँ खातुन , अहेव भुषण प्रसाद साह लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...