अजित कुमार भुजेल , बिरगंज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रम मंगलवार बिरगंज स्थित होटेल मकालुमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा मुख्य अतिथी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको आतिथ्यमा सम्पन्न भएको हो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको भनाई अनुसार पहिले पहिले त मौरीले मह बनाउ थियो भनेवअचेल त मान्छेले मह बनाउन थाली सकेको छ । त्यो पनि नक्कली चिनी र केमिकलले मिसावटको जवाना भैसकेको छ ,जेमा पनि मिसावट हुँदैछ ,हामीले यस्तालाई न रोके हामीनै अस्वस्थ्य हुने छौ। जब हामी नै बिरामी भएपछी देश अगाडि कसरी बढछ। कुनै पनि कार्य गर्न आफु स्वस्थ हुन जरुरी छ।
उनले थपे बच्चा जन्मे पछी जन्म दर्ता गराउने गरिन्छ , त्यस्तै कुनै ब्यापार गर्नु अघि दर्ता गर्न आवस्यक छ । दर्ता गरेर काम गर्नु राम्रो हो ,बैध मानिन्छ।त्यसैगरि उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारी र केन्द्रिय सदस्य धिरज शर्माले अब उपभोक्ता सचेतनाको लागि होटेलमा कार्यक्रम नगरि स्कुल स्तरीय पाठ्यपुस्तक सामग्री समाबेश गर्नु पर्ने र उपभोक्ता प्राधिकरण बनाएर काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
त्यसैगरि कलैया उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदिप साहले सन्युक्त अनुगमन टोलि डाका शैलीमा आउने हुदा त्यसलाई सच्याउन आग्रह गरे , अनुगमन टोलिले अनुगमन गर्दा त्रास फैलाउनुको साथै व्यापारना नकारात्मक असर पर्ने भएकोले हामीलाई त्यसको विरुद्ध प्रतिकारमा उत्रिन बाध्य नपार्न समेत धम्की पुर्वक अभिव्यक्ति दिएका थिए ।
उक्त कार्यक्रममा कस्टमेटिक व्यवसायी सज्जन अग्रवालले बजार नियमित अनुगमन नहुदा गलत गर्ने व्यवसायीले प्रसय पाएको र अन्डर बिलिङ्गको समस्याले गर्दा आफुहरु पिडित भएको बताएका थिए । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल , सचिब बिजय चौहान , कारोवार दैनिकका निरज पिठाकोटे मगर , अरुण खनाल , रन्जु फुयाल , यशोधा गजुरेल पोखरेल , लगायतले आआफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रमको संचालन अमित कुमार झाले गरेका थिए भने स्वागत मन्तव्य निर्देशक डिक बहादुर कार्कीले गरेका थिए ।