उपकार सेवा नेपालद्वारा बिरगंजका दुई अपांग व्यक्तिलाई ह्विलचेयर सहयोग

Date:

अजित कुमार भुजेल , बिरगंज । उपकार सेवा नेपाल द्वारा बिरगंजका दुई जना अपांगता भएको व्यक्तिलाई ह्वील चेयर सहयाेग गरेको छ। उक्त संस्थाले बिरगंज महानगरपालिका वडा नम्बर १ छपकैयाका रन्जन दास र श्यामनाथ तुरहालाई १/१ थान ह्वील चेयर प्रदान गरेको हाे।

सोको जानकारी सामाजिक अभियन्ता प्रकाश थारूले गराएका हुन , उनका अनुसार केही दिनअघि आयोजित निःशुल्क आँखा शिविरका क्रममा ती व्यक्तिरूसँग भेटघाट भएको थियो। उक्त शिविरका क्रममा उनीहरूको असहज परिस्थितिबारे जानकारी पाएपछि अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगी सहितकाे टाेलीले मंगलबार छपकैयामै पुगेर दुवै जनालाई ह्वील चेयर प्रदान गरेकी हुन्।

संस्थाकाे सहयोगले रन्जन दास र श्यामनाथ तुरहाको दैनिक जीवनयापनमा सहजता ल्याउने विश्वास गरिएको थारुले बताए।कार्यक्रममा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफकाे पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...